ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध सामान बोक्दै भारतीय गाडीहरु


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ५ : ०५   बजे

धादिङ, २६ चैत । चेक जाँचका क्रममा भारतीय गाडीमा अवैध सामानहरु भेटिन थालेपछि नेपाल प्रहरीले भारतीय गाडीमा निगरानी बढाएको छ ।

राजमार्गको बाटोबाट अवैध रुपमा सामान ओसार पसार हुने भएकोले चेकजाँच र रातिको गस्तिलाई बढाएको प्रहरीले जानकारी दिएको छ । दुई दिन अघि प्रहरीले राजमार्गमा गरेको चेकजाँचका क्रममा भारतीय गाडीबाट ठूलो मात्रामा अवैध सामाग्री बरामद गरेपछि प्रहरीले भारतीय गाडीमाथि निगरानी बढाएको बताएको हो ।

गएको शुक्रबार काठमाडौबाट भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अवैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा प्रहरीले मझिमटारबाट एचआर ५५ एन १९१० नम्बररको भारतीय कन्टेनरबाट विद्युतीय सामान र चुरोट बरामद गरेको हो । कन्टेनरबाट एक करोड ५० लाख बराबरको मार्लबोरो १७ हजार प्याकेट, पेन्टम ४ ब्राण्डको ३ थान ड्रोन क्यामरा र ब्याट्री, १६ सय थान घडी, चाइनिज मोबाइलहरु बरामद गरी गाडीलाई समेत प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरेको छ ।

गजुरी–१ गलौंदीस्थित पेट्रोल पम्प नजिकै काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट ७ वटा प्लास्टिकका बोरामा लुकाएको अवस्थामा एक सय ६६ किलो ६ सय ग्राम चरेस समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

चोलेन्द्रशम्शेर राणाको महाभियोगमा ‘धमिजा काण्ड’को नजिर : वरिष्ठ अधिवक्ताको तर्क– ‘संसद्को प्रस्ताव आफैं निष्क्रिय हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu