ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडितले न्याय पाऊन्ः राष्ट्रपति


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ८ : २५   बजे

काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगले आयोजना गरेको ‘दक्षिण एशियामा मानवाधिकारको स्वीकार्यता तथा दण्डहीनताको सम्बोधन ः चुनौतीको पहिचान, प्रगतिको मूल्यांकन, अगाडिको बाटो’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले
द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणसहित विगतका मानवाधिकारका समस्याको सम्बोधनमा नेपालले अनुभव हासिल गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले पनि पीडितका हकमा महत्वपूर्ण फैसला गरेको बताउनुभयो ।

संक्रमणकालीन न्यायका सन्दर्भमा विसं २०६३ मा गरिएको बृहत् शान्ति सम्झौताले खाका प्रदान गरेको बताउँदै उहाँले पीडितले न्याय पाऊन् भन्ने मूल भावनालाई सबैले आत्मसात् गर्नुपर्छ भन्नुभयो ।

लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनबाट मात्र मानवाधिकारको संरक्षणले सार्थकता पाउने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सबैको आदर्श लोकतन्त्र, मानवाधिकार तथा लोककल्याणकारी राज्य हो ।”

मानवाधिकार लेख्ने वा बोल्ने मात्र हैन यो प्रत्येक जनताको दिनानुदिन व्यवहारसित गाँसिएको विषय हो भन्दै उहाँले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार पनि त्यत्ति नै महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले आगामी दिनमा दण्डहीनताका लागि ठोस पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नवनिर्वाचित सरकारले सत्य तथा मेलमिलाप र बेपत्ता आयोगका लागि आवश्यक कानूनी औजार तथा स्रोत उपलब्ध गराउने र संयुक्त राष्ट्र संघको मानवाधिकार परिषद्मा भर्खरै निर्वाचित नेपालले साधारण जनताको अधिकारका पक्षमा जिम्मेवार भएर लाग्ने र सबैतिर भएको भेदभाव अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले दक्षिण एशियाली मुलुकमा भएका दण्डहीनता र मानवाधिकारका उल्लंघनका घटनालाई न्यूनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो ।
दक्षिण एशियाली तथा एशिया प्रशान्त क्षेत्रका २० देशका मानवाधिकार आयोगका प्रतिनिधिको सहभागिता रहेको तीनदिने सम्मेलनमा मानवाधिकारका विविध पक्षमा बहस तथा अनुभव आदानप्रदान हुने मानवाधिकार आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

चोलेन्द्रशम्शेर राणाको महाभियोगमा ‘धमिजा काण्ड’को नजिर : वरिष्ठ अधिवक्ताको तर्क– ‘संसद्को प्रस्ताव आफैं निष्क्रिय हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu