ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ९ : ०५   बजे

 

कोपेनहेगेन, डेनमार्क, २६ चैत।  सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री टरिजा मेले कोपनहेगनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो “यो अर्को उदाहरण हुन सक्छ कि असद प्रशासनले आफ्नै जनताविरुद्ध कुन हदको क्रुरता र निर्लज्जता प्रस्तुत गरेको छ । अन्तर्राट्रिय कानूनले युद्धमा रसायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ ।”

“रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानूनी दायरामा ल्याइने छ ।” उहाँले आफ्नो मुलुक युद्धमा हुने रसायनिक हतियारको प्रयोगको कडा शब्दमा निन्दा गर्छ । के भएको हो छिट्टै पत्ता लगाउनुपर्छ ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ ।

तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् ।

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए ।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो ।
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group