ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ


abc news
१२ असार २०८३, शुक्रबार   ८ : ४१   बजे

काठमाडौं, १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एमाले० सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् ।

विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताए । उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गरे ।

‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ’, उनले भने ।

उनले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यका लागि आवश्यक आधार तयार भएको बताए ।संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको सुरुआत गर्ने दाबी गरे ।

‘म जस्तोसुकै क्रम भङ्ग गर्न सक्छु । महाधिवेशनले नयाँ क्रम भङ्ग हुनेछ। प्रचण्डको यो अन्तिम क्रम भङ्ग हो, त्यसका लागि तयार रहनुस्’, उनले भने । उनले पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गर्दै ‘पोले पनि घामै जाती, पिटे पनि आमै जाती, आफ्नै पार्टी जाती’ भन्ने अभिव्यक्ति दिए ।

रास्वपामाथि प्रचण्डको आलोचना
संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत आलोचना गरे । उनले सरकारमा गएको एक सय दिन नपुग्दै रास्वपाले आफ्नो चरित्र देखाइसकेको दाबी गरे ।

सीमा क्षेत्रमा एक सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउने निर्णय र सुकुम्वासी बस्ती हटाउने कार्यलाई उल्लेख गर्दै उनले रास्वपा गरिब, सुकुम्वासी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको आरोप लगाए ।

‘म रास्वपालाई धन्यवाद दिन चाहन्छु । उनीहरू हाम्रो कारणले होइन, आफ्नै कारणले जनताबाट धारे हात लाग्ने अवस्थामा पुगेका छन्’, उनले भने ।

सरकारमाथि फासिवादी शैलीको आरोप
दाहालले वर्तमान सरकार नवउदारवादी र फासिवादी शैलीमा अघि बढेको आरोप लगाउँदै गरिब तथा सीमान्तकृत समुदायविरुद्ध नीति लिएको दाबी गरे ।

रास्वपाले प्रदेशसभा र संविधान नै खारेज गर्ने एजेन्डा अघि सारेको आरोप लगाउँदै उनले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । ‘अब जाग्ने कि नजाग्ने रु हामी कम्युनिस्ट हुने कि नहुने रु कम्युनिस्ट नभईकन यो फासिवादविरुद्ध लड्न र जित्न सकिँदैन । कम्युनिस्ट हुने सङ्कल्प नलिएसम्म यो निरङ्कुशताविरुद्ध लड्न सकिँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu