ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनमा एमाले–कांग्रेसको असहमति, सरकारी कार्यदललाई सुझाव नदिने निर्णय


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   ८ : २५   बजे

काठमाडौं, २२ असार। नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’लाई संविधान संशोधनसम्बन्धी कुनै पनि सुझाव नदिने निर्णय गरेका छन्। कांग्रेसले सुरुदेखि नै सरकारी कार्यदलमा प्रतिनिधि नपठाएको र एमाले बीचमै कार्यदलबाट बाहिरिएको भन्दै दुवै दलले कार्यदलसँग सहकार्य नगर्ने अडान दोहोर्‍याएका हुन्।

कार्यदलले विभिन्न राजनीतिक दल, संविधानविद् तथा सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार पार्ने अन्तिम चरणमा पुगेको जनाएको छ। संयोजक असिम शाहका अनुसार प्रतिवेदन केही दिनभित्र प्रधानमन्त्रीसमक्ष बुझाइने तयारी भइरहेको छ।

कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीले आफ्नै संयन्त्रमार्फत संविधान संशोधनका विषयमा सुझाव संकलन गरिरहेको बताउँदै सरकारी कार्यदललाई सुझाव दिन आवश्यक नरहेको स्पष्ट पारिन्। उनका अनुसार कांग्रेसले विज्ञ, सरोकारवाला तथा विभिन्न समुदायसँग परामर्श गरी संविधान संशोधनबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

उता एमालेले पनि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत संविधान संशोधनबारे आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ। तर कार्यदलका संयोजक पौडेल पक्राउ परेपछि र उपसमिति संयोजक अग्नि खरेल स्वास्थ्य समस्याका कारण सक्रिय हुन नसक्दा आवश्यक छलफल अघि बढ्न नसकेको एमालेका नेता महेश बर्तौलाले बताए। उनले सरकारसँग संविधान संशोधनको स्पष्ट एजेन्डा र दृष्टिकोण नभएकाले सरकारी कार्यदललाई सुझाव नदिने निर्णय गरिएको बताए।

यसैबीच कांग्रेस र एमालेले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि वर्तमान संविधानको आधारभूत संरचना परिवर्तन गर्ने उद्देश्य राखेको आरोप लगाएका छन्। उनीहरूका अनुसार रास्वपाले प्रत्यक्ष कार्यकारी शासकीय प्रणालीको वकालत गर्दै संघीयता र वर्तमान संसदीय व्यवस्थामाथि प्रश्न उठाइरहेको छ।

एमाले नेता बर्तौलाले सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीय संरचना संविधानका आधारभूत विषय भएकाले ती कमजोर पार्ने वा संविधानको मूल मर्म परिवर्तन गर्ने कुनै प्रयास स्वीकार्य नहुने बताए। कांग्रेस र एमालेले संविधानमा आवश्यक सुधार गर्न सकिने भए पनि यसको आधारभूत संरचना र व्यवस्थामाथि हस्तक्षेप हुन नदिने साझा अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित दोषी ठहर

सम्बन्धित

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित दोषी ठहर

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

रास्वपाको संशोधित विधानमा शक्तिशाली सभापति, निर्देशन नमाने प्रधानमन्त्रीसमेत पदमुक्त हुने व्यवस्था

सरकारको कार्यशैली ‘परीक्षा नै बंक गरेका’ विद्यार्थीका जस्तै : क्षितिज थेबे

संसदमा सत्तापक्षकै सांसदहरूले गरे सरकारको आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu