ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र, राडार भने लामो समयदेखि बन्द


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   ७ : ५६   बजे

काठमाडौं २३ असार । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ ।जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भनिन्, ‘कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन ।

’त्यस्तै, दैलेख र सुर्खेतको सिमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका कँडेलले जानकारी दिइन् । उनका अनुसार चट्याङले क्षति पुर्‍याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन् ।कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो । हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिइन् ।

मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उनले बताइन् । ‘स्थानीय तहमा केन्द्र नहुँदा त्यहाँको वास्तविक वर्षा, तापक्रम वा अन्य मौसमीय अवस्थाको तथ्याङ्क उपलब्ध हुँदैन’, उनले भनिन्, ‘यसले बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्को पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहमा प्रत्यक्ष असर पार्छ ।’कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

विश्वकपमा युरोपेली दबदबा : बेल्जियम र स्पेन क्वार्टरफाइनलमा, अमेरिका र पोर्चुगलको यात्रा समाप्त

सम्बन्धित

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

विश्वकपले आफ्नो कार्बन बिल तिर्नै पर्छ

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

लगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu