ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी प्रदेशमा हुनेछ आज भारी वर्षा


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   ८ : १९   बजे

काठमाडौं २३ असार । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति देशभर अधिकांश बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोसी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा वर्षा धेरै भइरहेको छ ।

मौसमविद् विनोद पोखरेल धेरै दिनदेखि मनसुनको प्रभाव उस्तै रहेको बताउँछन् । “पहाडी भेगमा राम्रो वर्षा हुँदा पनि तराईका अधिकांश ठाउँ सुक्खा नै छन्,” उनी फेसबुकमा लेख्छन्, “यो अवस्थामा मगलबार (आज_बाट अलि सुधार हँुदै मंगलबारदेखि तराईको धेरै ठाउँमा पानी पर्ने सम्भावना राम्रो छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस फुटाउने कि जोगाउने गगनकै हातमा छ । कांग्रेस नेता थापा , भिडियो

आज बेलुका ९:४५ बजे अर्जेन्टिना–इजिप्ट भिडन्त:अर्जेन्टिना बलियो दाबेदार,इजिप्टलाई कठिन चुनौती

सम्बन्धित

देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र, राडार भने लामो समयदेखि बन्द

शौचालयको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर वडा सचिवको मृत्यु

संविधान संशोधनमा एमाले–कांग्रेसको असहमति, सरकारी कार्यदललाई सुझाव नदिने निर्णय

सरकारको कार्यशैली ‘परीक्षा नै बंक गरेका’ विद्यार्थीका जस्तै : क्षितिज थेबे

बालेन सरकारको सय दिन : सुकुम्वासी व्यवस्थापनमा वाचा धेरै, उपलब्धि सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu