ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   ५ : ३७   बजे

काठमाडौं – नेपाल मिडिया सोसाइटीले विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा निजी सवारीसाधन पार्किङ गरी समाचार संकलन, प्रकाशन तथा प्रसारणमा अवरोध पुर्‍याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोसाइटीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बिहान करिब ७ बजे काठमाडौंको तीनकुनेस्थित कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि आवागमन अवरुद्ध हुने गरी रहस्यमय ढंगले निजी सवारीसाधन पार्किङ गरिएको थियो।

नेपाल मिडिया सोसाइटीले उक्त घटनालाई सञ्चारमाध्यमलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ। यस्तो गतिविधिले नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा समेत असर पुग्ने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न र संलग्नमाथि हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

सोसाइटीले भविष्यमा सञ्चारगृहलाई आतंकित पार्ने वा समाचार संकलन तथा प्रसारणमा अवरोध पुर्‍याउने यस्ता गतिविधि नदोहोर्‍याउन सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएको छ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमले निर्बाध रूपमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu