ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   ६ : ३१   बजे

काठमाडौं – राहदानी विभागले जर्मनीका कम्पनी म्युहलबउर र भेरिडोसले विकास तथा जडान गरेको नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी वितरण सुरु गरेको छ। विभागले सोमबार सूचना जारी गर्दै असार २९ गतेदेखि नयाँ प्रणालीबाट सेवा सञ्चालनमा आएको जनाएको हो।

यसअघि नेपालका लागि राहदानी पुस्तिका तथा सम्बन्धित सेवा फ्रान्सेली कम्पनी आइडिमिया (IDEMIA) ले उपलब्ध गराउँदै आएको थियो। नयाँ प्रणाली लागू भएसँगै राहदानी उत्पादन र व्यवस्थापनको जिम्मेवारी जर्मन कम्पनीहरूको प्रणालीमा स्थानान्तरण भएको हो।

सोमबार परराष्ट्रमन्त्री शिशिर खनालले त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नयाँ प्रणालीबाट छापिएको पहिलो राहदानी हस्तान्तरण गरे। उनले बंगलादेशमा आयोजना हुने साफ प्रतियोगितामा सहभागी हुन लागेका खेलाडी ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी प्रदान गर्दै नयाँ प्रणालीको औपचारिक शुभारम्भ गरे।

राहदानी विभागका अनुसार नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। विभागले यसलाई राहदानी सेवा व्यवस्थापनमा महत्वपूर्ण प्राविधिक उपलब्धिका रूपमा वर्णन गरेको छ।

गत वर्ष साउनमा म्युहलबउर र भेरिडोसले राहदानी पुस्तिका (बुकलेट) आपूर्ति तथा राहदानीको वैयक्तिकरण (पर्सनलाइजेसन) सम्बन्धी ठेक्का प्राप्त गरेका थिए। त्यसपछि नयाँ प्रणाली कार्यान्वयनको तयारी भइरहेको थियो।

नयाँ प्रणाली लागू भएसँगै नेपाली राहदानी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को प्रणालीसँग जोडिएको विभागले जनाएको छ। विभागका अनुसार यसले राहदानीको सुरक्षा र प्रमाणीकरण प्रणालीलाई थप सुदृढ बनाउने तथा नक्कली राहदानीको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। आइकाओको मापदण्डअनुसार सदस्य राष्ट्रहरूले सन् २०३० भित्र आफ्ना राहदानी प्रणालीलाई अन्तर्राष्ट्रिय प्रणालीसँग आबद्ध गर्नुपर्ने व्यवस्था छ।

विभागले नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणाली सुस्त हुने वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ। यस्ता समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जनाएको छ।

यसअघि राहदानी खरिद प्रक्रिया तथा ठेक्का सम्बन्धी विषयमा विभिन्न विवाद र कानुनी प्रक्रिया अघि बढेका थिए। उक्त विषयमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu