काठमाडौं, २९ असार । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।ूमुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध बनेको छ, सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ । मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ ।मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको छ । सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ, सडक डिभिजन भरतपुरका सडक सुपरभाईजर ईश्वर क्षेत्रीले भने । निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्