काठमाडौं,३० असार । निरन्तरको वर्षाले पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रका बस्ती डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर १ को प्रगति टोल, वडा नम्बर ४ को झापर्दी टोल, बेल्डिहा लगायतका बस्ती डुबानमा परेका छन् ।स्थानीयका अनुसार दर्जनौं घरमा बाढी पसेको छ ।
गैंडाकोट ४ का डिल्लीराज घिमिरेले भनेका छन्, ‘म यहाँ बसोबास गरेको करिब ५५ वर्ष पुरा भयो तर यतिको पानी आएको थिएन, बाढी व्यापक आएको छ ।’प्रहरीका अनुसार बेल्डिहामा ९ जनाको परिवार बिस्थापित नै भएको छ ।यसैबीच डुबान प्रभावित बस्तीका बासिन्दालाई जनप्रतिनिधिहरुको सहयोगमा सशस्त्र प्रहरीले गएराति उद्धार गरेको छ । डुबानमा परेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गुल्म ९पूर्वी नवलपरासी० को टोलीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका ११ का पनि विभिन्न ठाउँ जलमग्न भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्