ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram


एबीसी –न्युज
३० असार २०८३, मंगलबार   २ : ४५   बजे

ईश्वरपुर नगरपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालनको तयारी, मन्त्रालयले दियो समन्वय गर्न निर्देशन

काठमाडौ, असार ३० गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीको ईश्वरपुर नगरपालिका सहित तीन स्थानीय तहमा स्थानीय स्तरबाटै भूमि प्रशासन ९मालपोत तथा नापी० सेवा सञ्चालनको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको २०८३ असार २३ गतेको निर्णयअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई आवश्यक समन्वय गरी सेवा सञ्चालनका लागि तयारी गर्न पत्राचार गरिएको हो। मन्त्रालयले जारी गरेको पत्रअनुसार स्थानीय तहमा आवश्यक जनशक्ति, पूर्वाधार तथा प्राविधिक तयारी सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई खटाउने, तालिम सञ्चालन गर्ने र सेवा प्रवाह सहज बनाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ। यस चरणमा कैलालीको धनगढी उपमहानगरपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका र दोलखाको बैतेश्वर नगरपालिकालाई समेटिएको छ। ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्यले मन्त्रालयको निर्णयलाई स्थानीय नागरिकका लागि निकै महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै सञ्चालन हुन थालेपछि नागरिकले मालपोत र नापीका सामान्य कामका लागि टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। नगरपालिकाले आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र मन्त्रालयसँगको समन्वयलाई तीव्र बनाउँदै सेवा छिट्टै सञ्चालन गर्ने तयारी गर्नेछ। नगरप्रमुख आचार्यका अनुसार सेवा सञ्चालन भएपछि जग्गा नामसारी, अभिलेख व्यवस्थापन तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवामा नागरिकको समय, खर्च र झन्झट उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। मन्त्रालयले देशभरका इच्छुक स्थानीय तहमा चरणबद्ध रूपमा भूमि प्रशासन सेवा विस्तार गर्ने नीति अनुरूप ईश्वरपुर नगरपालिकालाई पनि सेवा सञ्चालनको तयारी अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu