ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   ४ : २७   बजे

काठमाडौं, ३१ असार । एमाले सांसद राजेन्द्र राईले करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् ।

सांसद राईले हिजो अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीहरूसँग छलफल गर्दा उनीहरूको दुःखद अवस्थाबारे जानकारी पाएको बताए ।

उनले स्वदेशमै न्यून पारिश्रमिकमा काम गरिरहेका करार र अस्थायी कर्मचारीहरूको रोजगारी खोस्नु अन्यायपूर्ण हुने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले वर्षौँदेखि सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यी कर्मचारीहरूको रोजगारी रक्षा गर्न र उनीहरूलाई प्राथमिकता दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राईले हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै करार तथा अस्थायी कर्मचारीहरू चिन्तित मुद्रामा भेला भएको र आफूले उनीहरूसँग छलफल गर्दा दुःखद अवस्था थाहा पाएको संसद्लाई जानकारी दिए ।

‘उहाँहरूले आफ्नो जिन्दगीको महत्त्वपूर्ण समय करार र अस्थायी कर्मचारीका रूपमा राज्य र जनताको सेवामा बिताउनुभएको छ,’ सांसद राईले भने, ‘तर मुलुक बनाउने दाबीका साथ आएको नयाँ सरकारले उहाँहरूलाई सेवाबाट निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ। यसले ती कर्मचारी र उनीहरूको परिवारको जीवन बर्बाद बनाउने निश्चित छ।’

दैनिक हजारौँ नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेको पीडादायी अवस्था औँल्याउँदै सांसद राईले स्वदेशमै न्यून पारिश्रमिकमा काम गरिरहेका करार र अस्थायी कर्मचारीहरूको रोजगारी खोस्नु अन्यायपूर्ण हुने बताए ।

‘एकातिर हामी युवाहरूलाई स्वदेशमै रोजगारी दिने कुरा गर्छौं, अर्कोतिर भइरहेको रोजगारी खोसेर उनीहरूलाई सडकमा पुर्‍याउने काम गरिँदैछ, यो कसरी न्यायसङ्गत हुन सक्छ रु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu