काठमाडौँ, २ साउन । चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको देखिएको छ।प्राप्त तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ।
त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको छ।हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ।त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ।वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन्। यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन्।त्यस्तै ४ हजा ५ सय ५ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावित छन्।
सर्पदंशबाट ५ सय ३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार, जनावर आक्रमणबाट २ सय ९६ परिवार प्रभावित छन्।







प्रतिक्रिया दिनुहोस्