ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन


एबीसी न्यूज
२ श्रावण २०८३, शनिबार   ७ : २१   बजे

काठमाडौँ, २ साउन । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् ।

सुकुमबासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैँका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरूको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए ।

साथै उनीहरूले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सिप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu