ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द


एबीसी न्यूज
८ श्रावण २०८३, शुक्रबार   ८ : २५   बजे

काठमाडौँ, ८ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी ९स्क्यामिङ० नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।

प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।

विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यस विषयलाई विशेष प्राथमिकतामा राखेको थियो । त्यसपछि प्राधिकरणले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको हो ।

यसका लागि गठन गरिएको कार्यदलमा रहेका दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद वेबसाइट तत्काल अवरुद्ध गर्ने व्यवस्था मिलाइएको थियो ।

उनका अनुसार आईएसपीसँगको समन्वयमा यस्ता वेबसाइटका यूआरएल ९वेब ठेगाना० अवरुद्ध ९ब्लक० गरिन्छ । तर एउटा वेबसाइट बन्द गरेलगत्तै अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने भएकाले यो प्रक्रिया निरन्तर चलिरहनुपर्ने चुनौती छ ।

‘जति नयाँ वेबसाइट खुल्दै जान्छन्, त्यति नै पहिचान गरेर बन्द गर्दै जानुपर्छ,’ महतोले भने, ‘यसका लागि थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर त्यस्ता वेबसाइट खोज्ने ९हन्टिङ गर्ने० काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

पाँच हजार अमेरिकी डलर भन्सार घोषणा नगरी ल्याउन पाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu