काठमाडौँ, ८ साउन । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारामा खाना खाँदाखाँदै एक जनाको मृत्यु भएको छ ।संगम वाइन होटलका कर्मचारी स्थानीय २६ वर्षीय सन्जय यादवको खाना खाँदाखाँदै ज्यान गएको हो ।गएराति ११ बजे होटलमा खाना खाँदै गर्दा उनी अचानक बेहोस भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरी पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।उनको मृत्युको कारण खुलिसकेको छैन । अनुसन्धानका लागि होटल धनी विमल कुमार चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ताप्लेजुङमा घरको फलैँचाबाट लडेर एक जनाको मृत्यु
यसैगरी ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ डाँडागाउँमा फलैँचाबाट लडेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो ।
घरमै रहेको सिमेन्टको फलैँचामा सुतिरहेको अवस्थामा हिजो साँझ साढे ६ बजे उनी लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्