ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड


एबीसी न्यूज
१० श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौं १० साउन । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश तहमा सत्ता सहकार्य गर्ने सहमतिपछि कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चितजस्तै देखिएको छ। तर सरकार गठनअघि नै मुख्यमन्त्री चयनलाई लिएर एमालेभित्र तीव्र शक्ति संघर्ष सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विकल्प खोज्न थालेको चर्चा भइरहेका बेला पार्टीभित्र नेतृत्व परिवर्तनलाई लिएर दुई धार स्पष्ट देखिएका छन्।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोसँग छलफल गरेपछि नयाँ मुख्यमन्त्रीको दौड थप रोचक बनेको छ। यसले हिक्मतकुमार कार्कीको निरन्तरतामाथि प्रश्न उठाएको छ। तर कार्कीलाई हटाउने प्रयास सहज नहुने संकेत पनि देखिएको छ। एमालेका केन्द्रीय सचिवसमेत रहेका कार्कीलाई महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत प्रभावशाली नेताहरूको समर्थन रहेको बताइन्छ।

कोशी प्रदेशको नेतृत्वलाई लिएर यसअघि कांग्रेससँगको सत्ता गठबन्धनसमेत टुटेको थियो। अहिले फेरि नयाँ सत्ता समीकरण बनेसँगै मुख्यमन्त्री परिवर्तनको बहस चर्किनुले एमालेभित्र नेतृत्व व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलन ठूलो चुनौतीका रूपमा देखिएको छ। पार्टीभित्र एक पक्ष नयाँ अनुहारमार्फत सरकारलाई अघि बढाउनुपर्ने पक्षमा देखिँदा अर्को पक्ष निर्वाचित संसदीय दलका नेता तथा मुख्यमन्त्रीलाई हटाउनु राजनीतिक रूपमा उचित नहुने तर्क गरिरहेको छ।

यद्यपि यी सबै चर्चा र अड्कलबाजीबीच एमाले कोशी प्रदेश संसदीय दलले भने कुनै औपचारिक निर्णय गरेको छैन। प्रमुख सचेतक रमेशकुमार बस्नेतले मुख्यमन्त्री चयनबारे पार्टी वा संसदीय दलमा औपचारिक छलफल नै नभएको बताउँदै बाहिर आएका चर्चालाई पुष्टि गर्न अस्वीकार गर्नुभएको छ।

कोशी प्रदेशमा नयाँ सत्ता समीकरण निश्चित भइसके पनि नेतृत्व चयनको विषय अझै अन्योलमै छ। मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णयले केवल प्रदेश सरकारको नेतृत्व मात्र होइन, एमालेभित्रको शक्ति सन्तुलन, अध्यक्ष ओलीको प्रभाव र शीर्ष नेताहरूबीचको आन्तरिक समीकरणसमेत उजागर गर्ने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ। आगामी एक–दुई दिनभित्र हुने निर्णयले कोशी प्रदेशको नयाँ सरकारसँगै एमालेको आन्तरिक राजनीति कुन दिशामा अघि बढ्छ भन्ने चित्रसमेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu