सुर्खेत, १० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ।
प्रदेश प्रमुखको कार्यालयले आइतबार सूचना जारी गर्दै नेपालको संविधानको धारा १६८(२) बमोजिम प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेको हो।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६९(१)(क) बमोजिम साउन ९ गते साँझ पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश प्रमुखले उहाँको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्नुभएको छ।
राजीनामा स्वीकृत भएसँगै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।







प्रतिक्रिया दिनुहोस्