काठमाडौं, ११ साउन । काभा पुरुष भलिबल लिगको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २६–२४, २५–२० र २५–२२ ले हार बेहोरेको हो।
अन्तिम खेलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल लिग चरणमा जितविहीन रहेको हो। पहिलो सेटमा २४ बराबरीसम्म प्रतिस्पर्धात्मक खेलेको नेपालले पहिलो सेट २६–२४ ले हार्यो।दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–२२ ले हारेको हो। अन्तिम खेलमा हार बेहोरेको नेपाल ५ खेल खेल्दै ३ अंकसहित तालिकाको पुछारमा रहेको छ। नेपालले पहिलो खेलमा काजकिस्तानसँग ३–२ सेटले हार बेहोरेको थियो।
दोस्रो खेलमा श्रीलंकासँग पुनः ३–२ ले हार बेहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली पाकिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो। चौथो खेलमा बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो।







प्रतिक्रिया दिनुहोस्