ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा


एबीसी न्यूज
५ श्रावण २०८३, मंगलबार   ७ : २१   बजे

काठमाडौं, साउन ५ – फिफा विश्वकप २०२६ को फाइनलपछि मैदानमा भएको झडप र अशोभनीय गतिविधिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले औपचारिक अनुसन्धान सुरु गरेको छ।

स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि खुसी मनाइरहेका बेला अर्जेन्टिनाका केही खेलाडी र टोलीका सदस्यले स्पेनका खेलाडीमाथि हातपात गरेको आरोप लागेको हो।

सार्वजनिक भिडियोहरूमा अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले स्पेनका डानी ओल्मोलाई मुक्का प्रहार गरेको तथा मिडफिल्डर लिआन्द्रो पारेडेसले एरिक गार्सिया र गाभीमाथि आक्रामक व्यवहार गरेको देखिएको छ। यस्तै, डिफेन्डर नाहुएल मोलिनाले रोड्रीलाई लात हान्ने प्रयास गरेको आरोप पनि लागेको छ।

खेलको अन्तिम समयमा अर्जेन्टिनाका एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। उनले पछि आफ्ना समर्थकसँग सार्वजनिक रूपमा माफी मागेका छन्।

फिफाले खेल अधिकारीहरूको प्रतिवेदन र भिडियो प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानपछि दोषी खेलाडी तथा पदाधिकारीमाथि प्रतिबन्ध, जरिवाना वा अन्य अनुशासनात्मक कारबाही हुन सक्ने जनाइएको छ।

यता अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने पत्रकार सम्मेलनमा आफ्ना खेलाडीको बचाउ गर्दै उनीहरूले प्रतिस्पर्धात्मक भावना देखाएको बताउनुभएको छ।

फिफाले घटनाबारे अन्तिम निर्णय अनुसन्धान सम्पन्न भएपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर

सम्बन्धित

टप एन्ड टी–२० का लागि नेपालको ‘ए’ टोली घोषणा, अनिलकुमार शाह कप्तान

राखेप बोर्डमा धनीराम चौधरी र ललिता नाथ मनोनीत

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन : पहिलो दिनै प्रिन्स दाहाल स्तब्ध

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीका कप्तान, रोहित पौडेल पदमुक्त

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu