काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई–परफर्मेन्स टिमले नेपाललाई ९ विकेटले पराजित गरेको हो।
Originally published on abcnews.com.np.
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई–परफर्मेन्स टिमले नेपाललाई ९ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १ सय रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका जिशन आलमले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रन बनाए। अरिफुल इस्लाम ३४ रनमा अविजित रहे।
नेपालका लागि साहब आलमले एकमात्र विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे। विपीन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रनको योगदान दिए।
बंगलादेशका एमडी रुबेलले चार विकेट लिए। रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले समान एक–एक विकेट हात पारे।
नेपाल ‘ए’ले यसअघि पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइक्ससँग ८ विकेटको हार व्यहोरेको थियो।
अब नेपाल ‘ए’ले सोमबार होबर्ट हुरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। लगातार दुई हारपछि नेपाल ‘ए’लाई प्रतियोगितामा पुनरागमनका लागि आगामी खेलमा जित आवश्यक देखिएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्