ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध


ABC NEWS
६ भदौ २०८३, शनिबार   ९ : २५   बजे

काठमाडौँ । विश्वकप–२०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि मैदानमा भएको झडपलाई लिएर फिफाको अनुशासन समितिले अर्जेन्टिनी राष्ट्रिय टोली, खेलाडी तथा प्रशिक्षक टोलीका सदस्यहरूमाथि कडा कारबाही गरेको छ।

विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी र स्पेनी खेलाडीबीच तनावपूर्ण झडप भएको थियो। खेल सकिएलगत्तै मैदानमा भएको कुटपिट र अनुशासनहीन गतिविधिको छानबिनपछि फिफाले विभिन्न खेलाडी तथा टोलीका अधिकारीमाथि खेल प्रतिबन्ध र आर्थिक जरिवाना लगाएको हो।

पारेडेसलाई १० खेल प्रतिबन्ध

फिफाको कारबाहीअन्तर्गत अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसलाई १० अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको छ। उनलाई ९० हजार अमेरिकी डलर जरिवाना पनि तोकिएको छ।

फाइनल खेलका क्रममा पारेडेसले स्पेनका खेलाडी एरिक गार्सियाको घाँटी समातेको, गाभीलाई भुइँमा पछारेको तथा उनको अनुहारमा प्रहार गरेको आरोप लागेको थियो।

अर्जेन्टिनाका अर्का खेलाडी नहुएल मोलिनालाई सात खेलको प्रतिबन्ध लगाइएको छ। उनीमाथि पनि ९० हजार अमेरिकी डलर जरिवाना गरिएको छ।

यता, घटनामा संलग्न स्पेनका गाभी र अर्जेन्टिनाका थियागो अल्माडालाई भने एक–एक खेलको प्रतिबन्ध र ३० हजार अमेरिकी डलर जरिवाना तोकिएको छ।

स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेको आरोपमा अर्जेन्टिनी प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयालालाई तीन खेलको प्रतिबन्ध लगाइएको छ। उनलाई ३० हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ।

फिफाले लगाएको खेल प्रतिबन्ध भने अन्तर्राष्ट्रिय खेलमा मात्र लागू हुने जनाएको छ।

अर्जेन्टिनालाई घरेलु खेलमा पनि सजाय

खेलाडीमाथिको कारबाहीसँगै फिफाले अर्जेन्टिनी फुटबल संघमाथि पनि आर्थिक तथा खेलसम्बन्धी सजाय गरेको छ।

फिफाको आदेशअनुसार अर्जेन्टिनाले आफ्ना आगामी दुई घरेलु अन्तर्राष्ट्रिय खेलमध्ये एक खेलमा ५० प्रतिशत दर्शक क्षमतामा मात्र खेलाउनुपर्नेव्यवस्था गरिएको छ। अर्को खेलसम्बन्धी सजाय भने परीक्षण अवधिको सर्तसहित तत्कालका लागि स्थगन गरिएको बताइएको छ।

अर्जेन्टिनी टोलीको अनुशासनहीन व्यवहार, खेलकुदसँग प्रत्यक्ष सम्बन्ध नभएका विषयमा खेलकुद कार्यक्रमको प्रयोग तथा समर्थकबाट भएको विभेदकारी नाराबाजी र हाउभाउलाई लिएर अर्जेन्टिनी फुटबल संघमाथि ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ।

त्यसमध्ये एक लाख अमेरिकी डलर विभेदविरुद्धको अभियान तथा योजनामा खर्च गर्नुपर्ने फिफाको निर्देशन छ। अर्को एक लाख डलर बराबरको जरिवाना भने निश्चित सर्तसहित परीक्षण अवधिका लागि स्थगन गरिएको जनाइएको छ।

फल्कल्यान्ड विवादसमेत कारबाहीको विषय

विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका केही खेलाडीले बेलायती अधीनस्थ क्षेत्र फल्कल्यान्ड टापु अर्जेन्टिनाको भएको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए।

फिफाले खेलकुद प्रतियोगितालाई राजनीतिक वा खेलबाहिरका सन्देशका लागि प्रयोग गरिएको विषयलाई पनि आफ्नो आचारसंहितासँग जोडेर अनुसन्धान गरेको बताइएको छ।

गत महिना न्युयोर्क–न्यु जर्सी स्टेडियममा फाइनल खेल सकिएपछि अर्जेन्टिना र स्पेनका खेलाडी तथा टोलीका सदस्यबीच भएको विवादपछि फिफाले घटनाको विस्तृत छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको थियो।

अर्जेन्टिनी फुटबल संघ पुनरावेदनमा जाने

अर्जेन्टिनी फुटबल संघले फिफाको कारबाहीविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। फिफाको निर्णयबाट राहत नपाएमा संघले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) सम्म मुद्दा लैजाने तयारी गरेको बताइएको छ।

विश्वकप फाइनलपछि भएको झडप र त्यससँग जोडिएका राजनीतिक तथा विभेदसम्बन्धी गतिविधिमाथि फिफाले गरेको यो कारबाहीलाई अर्जेन्टिनी फुटबलका लागि ठूलो अनुशासनात्मक झट्काका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

टप एन्ड टी–२० मा नेपाल ‘ए’को दोस्रो परीक्षा, बंगलादेश हाई–परफर्मेन्सविरुद्ध पहिलो जितको खोजी

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

अर्जेन्टिनाका खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही, परेडेसलाई १० खेल प्रतिबन्ध

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu