ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : २५   बजे

काठमाडौं । नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा हारबाट यात्रा सुरु गरेको छ। शुक्रबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा भएको खेलमा आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग नेपाल ‘ए’ आठ विकेटले पराजित भएको हो।

नेपालले दिएको १२३ रनको लक्ष्य एनटी स्ट्राइकले १५ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो। टोलीको जितमा डाउट्जी हुगेनबोएजेमले अविजित अर्धशतक प्रहार गरे।

उनले ३७ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ५० रन बनाए। जोर्डन सिल्कले पनि ४२ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए। कप्तान डार्सी सर्टले २३ रनको योगदान गरे।

नेपालका लागि बलिङतर्फ पवन सराफले दुवै विकेट लिए पनि अन्य बलरले एनटीको ब्याटिङलाई रोक्न सकेनन्।

सराफको संघर्षपूर्ण इनिङ्स

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२० रन बनाएको थियो।

नेपालको ब्याटिङमा पवन सराफले सर्वाधिक ४१ रनको योगदान गरे। उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे। तर, अन्य ब्याटरले अपेक्षाअनुसार ठूलो स्कोर बनाउन नसक्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न सकेन।

लोकश बमले १६, नारायण जोशीले १५, कप्तान अनिलकुमार साहले १४, तृतराज दासले १३ तथा राशिद खानले १० रन जोडे।

एनटी स्ट्राइकका हामिश मार्टिनले तीन विकेट लिए। टम मोन्जिस, विलियम ब्लेयर, साम बार्कर र कप्तान डार्सी सर्टले एक–एक विकेट हात पारे।

१२३ रनको तुलनात्मक रूपमा कमजोर लक्ष्य पछ्याएको घरेलु टोलीले सुरुदेखि नै नियन्त्रणमा ब्याटिङ गर्दै १५ ओभरमै खेल आफ्नो पक्षमा पार्‍यो।

नेपाल ‘ए’ अब लगातार दोस्रो खेलमा शनिबार बंगलादेश हाई पर्फमेन्स टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेसमा अग्रगामी मोर्चाको समन्वय समिति गठन, भदौ १० भित्र आठै जिल्लामा समिति बनाउने

अग्रगामी मोर्चाले जनकपुर र वीरगन्जमा संयुक्त भेला गर्ने

सम्बन्धित

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu