ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्रगामी मोर्चाले जनकपुर र वीरगन्जमा संयुक्त भेला गर्ने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : १५   बजे

जनकपुर । अग्रगामी मोर्चाले संगठन विस्तार तथा जनपरिचालनका लागि जनकपुर र वीरगन्जमा संयुक्त भेला आयोजना गर्ने भएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुक्रबार जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकले भदौ २७ गते जनकपुर र असोज ३ गते वीरगन्जमा संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको हो।

भदौ २७ गते जनकपुरमा हुने भेलामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्। त्यस्तै, असोज ३ गते वीरगन्जमा हुने भेलामा रौतहट, बारा र पर्साका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ।

बैठकले सिरहामा नेपाल प्रहरीको गोली प्रहारबाट गणेश यादवको मृत्यु तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

मोर्चाले दुवै घटनाका पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

बैठकले मोर्चामा आबद्ध घटक दलहरूको प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति पनि गठन गरेको छ।

समितिमा जसपा नेपालबाट बालकिशोर प्रसाद यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल तथा आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह रहेका छन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारू र समसुल/नागेन्द्रप्रसाद चौधरी, नेपाल जनमुक्ति पार्टीबाट भुवन थापा मगर र रामएकवाल मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बच्चन दास र किशोरी यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी र सैदर अन्सारी समितिमा समेटिएका छन्।

बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा पनि समितिमा सदस्य रहेका छन्।

बैठकले आगामी भदौ १० गतेभित्र मधेश प्रदेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। त्यसका लागि घटक दलहरूलाई जिल्लागत जिम्मेवारीसमेत तोकिएको छ।

जसअनुसार सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल तथा पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

US Redesignates Hezbollah as Iranian Proxy, Imposes New Sanctions

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu