ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको रिट फिर्ता लिएका छन्।

देउवाले शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका थिए। तर, सर्वोच्चले रिट अध्ययन गर्ने क्रममा मुद्दा नम्बरलगायत केही विषयमा त्रुटि देखिएपछि दर्ता हुनुअघि नै फिर्ता लगिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट दर्ता भइसकेको थिएन।

‘रिट आएको थियो, हामी अध्ययनकै क्रममा थियौँ। दर्ता भइसकेको थिएन। पछि उहाँहरूले सच्याएर ल्याउँछौँ भन्दै फिर्ता लिएर जानुभएको छ। अब सोमबार ल्याउनुहुन्छ होला,’ कोइरालाले भने।

देउवाले पेस गरेको रिटमा कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको थियो।

गगन नेतृत्वको आधिकारिकता पुनरावलोकनको माग

देउवा पक्षले कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि निस्सा प्रदान भइसकेकाले महाधिवेशन प्रक्रिया रोक्नुपर्ने माग गर्दै आएको छ।

देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व आधिकारिक नभएको तथा आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व रहेको दाबी गर्दै आएका छन्।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता दिएको थियो। उक्त निर्णय सर्वोच्च अदालतले समेत सदर गरेको थियो। सो फैसलाविरुद्ध देउवा र खड्काले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्चले निस्सा प्रदान गरेको छ।

महाधिवेशनको प्रक्रिया रोक्न अदालत पुगे देउवा

गगन थापा नेतृत्वले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएपछि देउवा त्यसलाई रोक्न सर्वोच्च अदालत पुगेका हुन्।

शुक्रबार पेस गरिएको रिट दर्ता हुन नसकेपछि आवश्यक त्रुटि सच्याएर सोमबार पुनः सर्वोच्चमा पेस गर्ने तयारी गरिएको छ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले भने हालसम्म सर्वोच्चमा रिट दायर गरेका छैनन्। उनी आफू कानुनी परामर्शमा रहेको बताउँदै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

देउवाले महाधिवेशन रोक्न दिएको रिट ‘करेक्सन’का लागि सर्वोच्चबाट फिर्ता लगे

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu