काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको शनिबार बिहान निरीक्षण गरेकी छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको शनिबार बिहान निरीक्षण गरेकी छन्।
अनुगमनका क्रममा मन्त्री यादवलाई नेपाली सेनाले उद्योगको वर्तमान अवस्था तथा मर्मतसम्भारको प्रगतिबारे जानकारी गराएको थियो।
सरकारले हेटौँडा कपडा उद्योगको मर्मतसम्भारको जिम्मेवारी नेपाली सेनालाई दिएपछि करिब साढे दुई दशकपछि उद्योगमा प्रारम्भिक परीक्षण उत्पादन सुरु भएको हो।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सरकारले नेपाली सेनालाई मर्मतसम्भारको जिम्मेवारी दिएको थियो। सेनाले गर्दै आएको मर्मत तथा पुनःस्थापनाको कामको प्रगतिबारे मन्त्री यादवलाई विस्तृत जानकारी गराइएको थियो।
निरीक्षणपछि मन्त्री यादवले उद्योगमा भइरहेको लगानी तथा पुनःस्थापनाको प्रयासले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।
सरकारले लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाएसँगै परीक्षण उत्पादन सुरु भएको हो।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्