काठमाडौं । बालाजुस्थित ज्ञान मन्दिर इंग्लिस सेकेन्डरी स्कुलका कराँते खेलाडीहरूको विभिन्न श्रेणीको बेल्ट परीक्षा शनिबार सम्पन्न भएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । बालाजुस्थित ज्ञान मन्दिर इंग्लिस सेकेन्डरी स्कुलका कराँते खेलाडीहरूको विभिन्न श्रेणीको बेल्ट परीक्षा शनिबार सम्पन्न भएको छ।
बालाजु कराँते डो प्रतिष्ठानमा आयोजित परीक्षामा ५८ खेलाडी सहभागी थिए। प्रतियोगिताअन्तर्गत ग्रीन ब्राउन श्रेणीमा दोर्जे तामाङ पहिलो, रिदम केसी दोस्रो र संस्कार थापा तेस्रो भए।
ह्वाइट एरेन्ज श्रेणीमा रुसन श्रेष्ठ पहिलो, वियुव बलामी दोस्रो तथा प्रतिमा आलेमगर तेस्रो भए।
ओरेन्ज हाफ ग्रीन श्रेणीमा आदर्श बीसी पहिलो, सुयोङग्मा दोस्रो र अप्रिन्स तामाङ तेस्रो भए।
त्यस्तै, हाफ ग्रीन श्रेणीमा प्रकाश लिम्बू पहिलो, सुमन गुरागाइँ दोस्रो तथा प्रणव प्रजा र कृश सुनवार संयुक्त रूपमा तेस्रो भए।
प्रशिक्षक ज्योत्स्ना केसीको प्रशिक्षणमा रहेका खेलाडी सहभागी भएको उक्त परीक्षामा उत्तीर्ण खेलाडीलाई विद्यालयका प्रिन्सिपल रविन बस्नेत र बालाजु कराँते डो प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्लले पदक वितरण गरेका थिए।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्