ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा, श्रीलङ्काको डायलग आजियाटासँग रणनीतिक सम्झौता


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : २५   बजे

काठमाडौँ । नेपालमा एआई–आधारित व्यावसायिक सञ्चार सेवा प्रदान गर्दै आएको नेपाली प्रविधि प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ। श्रीलङ्काको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेसँगै टिङटिङले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने महत्वपूर्ण कदम चालेको हो।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रिक्साका प्रमुख कार्यकारी अधिकृत शर्मा ले डायलगजस्तो स्थापित दूरसञ्चार कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यस साझेदारीले नेपाल र श्रीलङ्काबीच प्रविधिमा आधारित नयाँ इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनका अनुसार नेपालमा विकास गरिएको एआई र डिजिटल सञ्चार प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने कम्पनीको दीर्घकालीन योजनाअन्तर्गत यो सम्झौता महत्वपूर्ण उपलब्धि हो।

श्रीलङ्कामा टिङटिङका चार प्रमुख उत्पादन

कम्पनीले श्रीलङ्काली बजारमा आफ्नो ‘टिङटिङ कम्युनिकेशन सुइट’ अन्तर्गत चार प्रमुख उत्पादन उपलब्ध गराउन थालेको जनाएको छ। यसमा टिङटिङ कनेक्ट, टिङटिङ ओम्नी, टिङटिङ ब्रोडकास्ट र टिङटिङ एजेन्ट्स रहेका छन्।

टिङटिङ कनेक्टले संस्थाको आफ्नै पूर्वाधारभित्र प्रणाली जडान गर्न सक्ने सुविधा प्रदान गर्छ। यसमार्फत संस्थाको डेटा बाह्य प्रणालीमा निर्भर नभई आफ्नै संरचनाभित्र सुरक्षित राख्न सकिने कम्पनीको भनाइ छ।

त्यसैगरी, टिङटिङ ओम्नीले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न डिजिटल सञ्चार माध्यमलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने सुविधा दिन्छ।

टिङटिङ ब्रोडकास्टमार्फत हजारौँ ग्राहकसम्म स्वचालित भ्वाइस कलबाट सूचना पुर्‍याउन सकिन्छ। यसले बैंक, दूरसञ्चार कम्पनी, सेवा प्रदायक तथा ठूला व्यावसायिक संस्थालाई ठूलो संख्यामा रहेका ग्राहकसँग छिटो र स्वचालित रूपमा सम्पर्क गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय भाषामा एआईमार्फत संवाद

टिङटिङको अर्को प्रमुख उत्पादन टिङटिङ एजेन्ट्सले स्थानीय भाषामै ग्राहकसँग संवाद गर्न सक्ने क्षमता राख्छ। एआई प्रणालीले ग्राहकको प्रश्नको उत्तर दिनुका साथै आवश्यक परेमा संवादलाई मानव एजेन्टसम्म हस्तान्तरण गर्न सक्छ।

हाल यो सेवा नेपाली, अंग्रेजी र सिंहली भाषामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। श्रीलङ्काली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले सिंहली र तमिल भाषाका लागि परिष्कृत एआई मोडल विकासमा समेत काम गरिरहेको छ।

यस प्रकारको स्थानीय भाषामा आधारित एआई प्रणालीले दक्षिण एसियाली बजारमा ग्राहक सेवा, डिजिटल बैंकिङ, दूरसञ्चार, ई–कमर्स तथा अन्य व्यावसायिक क्षेत्रमा उपयोगिता बढाउन सक्ने अपेक्षा गरिएको छ।

नेपाली टेक उद्योगका लागि महत्वपूर्ण उपलब्धि

टिङटिङ र डायलग आजियाटाबीचको साझेदारीलाई नेपाली सूचना प्रविधि क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नेपाल पछिल्ला वर्षमा सफ्टवेयर विकास र सूचना प्रविधि सेवाको सम्भावित निर्यातकर्ता मुलुकका रूपमा अघि बढिरहेका बेला नेपाली कम्पनीले अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनीसँग सहकार्य गर्नुले नयाँ सम्भावना देखाएको छ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणासहित अघि बढेको टिङटिङको अन्तर्राष्ट्रिय विस्तारले नेपाली स्टार्टअप र प्रविधि कम्पनीहरूले विश्वस्तरीय उत्पादन निर्माण गरी विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने सन्देश दिएको छ।

श्रीलङ्काबाट सुरु भएको टिङटिङको अन्तर्राष्ट्रिय यात्रा आगामी दिनमा अन्य दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार हुन सकेमा नेपाललाई सफ्टवेयर र एआई प्रविधिको निर्यातकर्ता मुलुकका रूपमा स्थापित गर्नसमेत योगदान पुग्न सक्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, थप वर्षाको सम्भावना

गरिमा चौधरीका आमाबुवा स्थानीय अभियन्तासहित काठमाडौं पठाइए, गृहमन्त्रीसँग वार्ता हुने

गगन थापा : आलोचना र निन्दाबीचको फरक छुट्याउनै छोड्यौँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu