ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक


एबीसी न्यूज
११ श्रावण २०८३, सोमबार   ३ : २९   बजे

काठमाडौं, ११ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल र कैलालीको लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाबीच अस्पतालको समस्या सम्बन्धी छलफलका क्रममा विवाद भएको छ। उक्त विवादको क्रममा सांसद खनालले आवेशमा दिएको अभिव्यक्ति समेटिएको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।

सांसद खनाल आफ्नो निर्वाचन क्षेत्रमा नागरिकका गुनासा र सुझाव संकलन गर्ने क्रममा लम्कीचुहा अस्पतालको सेवा, व्यवस्थापन र देखिएका समस्याबारे आयोजित छलफलमा सहभागी भएका थिए। छलफलका क्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाले अस्पतालमा सुरक्षा व्यवस्था कमजोर रहेको, कर्मचारीलाई सहज रूपमा काम गर्ने वातावरण नबनेको तथा सरकारले आवश्यक समन्वय गर्नुपर्ने विषय उठाएका थिए।

त्यसक्रममा सार्वजनिक भएको भिडियोमा सांसद खनालले औंला ठड्याउँदै, ‘कल्ले भन्यो? प्रमाण छ? हाल्छु, जाक्दिन्छु समाएर अनि थाहा हुन्छ’ भन्दै आवेशपूर्ण प्रतिक्रिया दिएको देखिन्छ। उहाँले प्रमाणबिना आरोप नलगाउन पनि चेतावनी दिएका छन्।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा सांसद खनालसँग प्रत्यक्ष सम्पर्क हुन सकेन। उहाँको सचिवालयले सांसद बर्दियाको कार्यक्रममा व्यस्त रहेकाले पछि मात्रै प्रतिक्रिया दिन सकिने जनाएको छ।

अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाले भने आफूहरूले अस्पतालमा देखिएका वास्तविक समस्या मात्रै उठाएको दाबी गरेका छन्। उनका अनुसार अस्पतालमा सुरक्षा अभाव, कार्यवातावरणको समस्या र केही दिनअघि अज्ञात समूहले गरेको तालाबन्दीबारे सांसदको ध्यानाकर्षण गराइएको थियो।

‘मैले गृह मन्त्रालयको जिम्मेवारीबारे प्रश्न उठाएको थिएँ। त्यसपछि उहाँ आवेशमा आउनुभयो र सार्वजनिक भएको भिडियोमा देखिएजस्तै अभिव्यक्ति दिनुभयो,’ थापाले बताए।

थापाका अनुसार गत साउन ९ गते अज्ञात व्यक्तिहरूले अस्पतालमा तालाबन्दी गरेका थिए। त्यसबारे सम्बन्धित निकायमा जानकारी गराइसकिएको र अस्पताललाई सुरक्षित रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन आग्रह गरिएको थियो।

छलफलका क्रममा अस्पताल सञ्चालनको जिम्मेवारी स्थानीय, प्रदेश वा संघीय सरकारले जसले लिए पनि सेवा प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा आफूहरूको जोड रहेको थापाले बताए। उनका अनुसार त्यसै क्रममा सांसद खनालले रास्वपालाई अस्पताल व्यवस्थापन समितिको नेतृत्व दिए अस्पताल सञ्चालन गरेर देखाउने धारणा पनि राखेका थिए।

थापाले सार्वजनिक भएको भिडियो छलफलकै एउटा अंश भएको उल्लेख गर्दै आफूले जनताको गुनासो राख्दा सांसद आवेशमा आएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu