ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा


एबीसी न्यूज
११ श्रावण २०८३, सोमबार   २ : ३३   बजे

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका(३ का दिलिप मेहताका छोरा मिथलेश मेहता आइतबार बेलुका साढे ७ बजेतिर घर नजिकै कप्तानगञ्ज बजारमा आएका थिए ।

बजारमा रहेको मन्दिरमा साउने सोमबारको तयारी थियो । तयारीका लागि पोलमा झण्डा राख्ने विषयमा एउटा समूहले अवरोध गर्न खोजेपछि झडप भयो ।

झडपमा दिलिपका छोरा घाइते भए । कक्षा १० मा पढ्ने मिथलेशलाई प्रहरीले चलाएको गोली लागेको छ । छोराको उपचारका लागि न्युरो अस्पताल विराटनगरमा आएका दिलिपका अनुसार कप्तानगञ्जको घटनामा प्रहरीबाट ठूलो कमजोरी भएको छ ।

‘झण्डा टाँङ्ने विषयमा झडप भयो, प्रहरीले कसरी गोली चलायो थाहा भएन । सुरुमा कतैबाट लाठी प्रहार भएको छैन,’ उनले भने, ‘उता प्रहरी यता सर्वसाधारण थिए । उताबाट फायर आयो । फायर गर्न थालेपछि कताबाट आयो के आयो थाहा भएन, छोरालाई गोली लाग्यो भनेपछि म यहाँ आएँ ।’ उनले प्रहरीको लापरबाही भएको बताए ।

दिलिपको दाबीअनुसार सुरुमा आक्रमण गर्ने समूह भागेपछि प्रहरीले झण्डा राख्न गएका व्यक्तिहरूमाथि बल प्रयोग गरेको थियो ।

उनले आफूले देखेका सबै घाइतेको कम्मरमाथि गोली लागेको बताए । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २५ राउन्ड फायर गरेका थिए । १० जनालाई गोली लागेको थियो । तीमध्ये ९ जनाको उपचार भइरहेको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । घटनामा घाइते भएका अन्य ९ जनाको शरीरको कम्मरमाथिको भागमा गोली लागेको पाइएको छ ।

न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा गोली लागेको छ । मिथलेश मेहताको पेटको बायाँ भागमा र अमलेश मेहताको ढाड तथा गर्दनमा गोली लागेको छ । नोबेल अस्पतालमा उपचाररत अमित यादवको पेट र देब्रे हातमा गोली लागेको छ ।

विराट नर्सिङ होममा उपचारत रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहताको उपचार भइरहेको छ । उनीहरूको पनि कम्मरमाथि गोली लागेको अस्पताल स्रोतले जनाएको छ । झडपमा १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu