ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा


एबीसी न्यूज
११ श्रावण २०८३, सोमबार   ७ : ४२   बजे

काठमाडौं, ११ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुवै गाउँपालिकाभर पाँच जनाभन्दा बढीको समूहमा हिँडडुल गर्न तथा भेला हुन रोक लगाइएको छ।

आइतबार राति साउने सोमबारको अवसरमा बोलबम यात्रामा सहभागी हिन्दु धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेपछि देवानगन्ज–३, कप्तानगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो। त्यसपछि दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गोली लागेर देवानगन्ज–३ का स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडपमा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

घटनापछि थप क्षति हुन नदिन सुनसरी र मोरङबाट थप प्रहरी परिचालन गरिएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम सुनसरी जिल्लाको चार किल्ला तोकी उक्त सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ।ु आदेशको उल्लघंन भएमा एक हजार रुपैया सम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने प्रशासनको भनाई छ।

कहाँ–कहाँ छ निषेधाज्ञा ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu