ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायण नगरपालिका दैलेखमा १ करोड खर्चमा उपप्रमुखकै असन्तुष्टि


एबीसी न्यूज

चैत्र २८ , दैलेख । दैलेखका ११ वटै स्थानीतहमा कार्यालय ब्यवस्थापनको लागि आएको ११ करोड रुपयाँको सहि सदुपयोग नभएको भन्दै निर्वाचित प्रमुखहरुले नै असन्तुष्टि जनाएका छन् । ११ वटै तहमा आएको ११ करोड रकम मध्ये अधिकाँस स्थानमा ५० लाख सम्म खर्च गरिएको जनप्रतिनिधीहरु बताउछन् ।

पदैलेखको नारायण नगरपालिका कार्यालयले आफ्नो कार्यालय व्यवस्थापनमा गरेको १ करोड खर्च रकमबारे उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख सावित्रि मल्लले नै असन्तुष्टि जनाएकीछिन । संचारकर्मीहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले कार्यालय व्यवस्थापनको लागि आएको १ करोड खर्च रकम मध्ये उपप्रमुखको कार्यकक्षमा गरिएको खर्च लगायतको खर्चको पूर्ण बिवरण सहित चित्त बुझ्दो जावाफ नआएकोले आफ्नो कार्यकक्षको सामान नबुझेको बताएकी छन् ।

पुरानो नगर पालिका भएकोले यस कार्यालयमा भौतिक पूर्वाधार सवै भएको हुदा नया खरिद गर्दा पुरानो सामान कहाँ हजुरहरुले पनि यस्ता रकमको बारेमा खोजी गरिदिनुप¥यो, संचारकर्मीलाई आग्रह गर्दै मल्लले भनिन् आफुले हरेक योजनाहरुको बारेमा अनुगमन गरेर सार्वजनिक सुनुवाई मार्फत आम नागरिकहरुलाई विकासप्रति चित्तबुझ्दो जवाफ नआएसम्म रकम भुक्तानी नदिने घोषणा समेत गरेकी छु ।

नारायण नगरपालिकाले हरेक योजनाको फरफारक गर्दा सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई र संचारकर्मीहरुको अनुगमन पश्चात भुक्तानी दिने र संचारमैत्री नगरपालिका निर्माण गर्नेमा आफु निरन्तर लागिरहने मल्लले बताईन् ।
नारायण नगरपालिका दैलेखले भने १ करोड खर्च रकमको हिसाव संचारकर्मीहरुलाई जानकारी गराएको छ । आएको १ करोड रकम मध्ये ५४ लाख रुपैयाँ वडा कार्यालय सहित नगरपालिकाको कार्यालय व्यवस्थापनमा खर्च भएको छ भने ४५ लाख रुपैयाँ बचत भएको बताइएको छ ।

नगरपालिकाले दिएको बिवरण अनुसार मोटरसाइकल खरिद, टेवुल, स्टिल दराज, सोफा, कार्पेट, मेसिन मर्मत, ल्यापटप, कम्प्युटर, पिन्टर खरिद लगायतमा ५४ लाख रकम खर्च गरिएको देखाइएको छ । निर्वाचित जनप्रतिनिधिहरुले १ करोड रकम सँगै दैलेख शिरिस्थान सडक र सदरमुकाममा भएको सडकको खर्चको पूर्ण विवरण समेत माग गरेको बताएका छन् ।
दैलेखका अन्य १० वटा स्थानीय तहमा कार्यालय व्यवस्थापनका लागि गरिएको खर्चको रकमबारे पनि बेला बेलामा चर्चा हुने गरेको र अन्य १० वटा स्थानीय तहका सरकारहरुले पनि खर्च बिवरण सार्वजनिक गर्नुपर्ने नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com