ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौं । नेपालका निम्ति भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मान गरेको छ ।

नेपाल–भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्याउन सेतुका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

यस्तै, नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै उनलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको जनाइएको छ ।

कन्सुलरमध्येमा अग्रस्थानमा राखी प्रदान गरिएको उक्त प्रमाणपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गरेका छन् ।

उनलाई प्रदान गरिएको सम्मानपत्रमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहयोग विस्तार तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले पुर्याएको योगदान उल्लेखनीय रहेको उल्लेख छ ।

भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले देशको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ ।

अवैतनिक महावाणिज्यदूत श्रेष्ठले यो सम्मानका निम्ति भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँ दिल्लीस्थित भियतनाम दूतावास तथा सम्पूर्ण सम्बद्ध निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

उक्त अवसरमा अवैतनिक महावाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गरिनुपर्नेमा जोड दिए । यसले बौद्ध पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उनले बताए ।

उनले नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा र ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउन प्रत्यक्ष हवाई सम्पर्क अत्यन्त आवश्यक रहेको औँल्याए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu