ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनकारीसँग मौखिक सहमतिपछि बीपी राजमार्ग सञ्चालन


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग आन्दोलनरत पक्षसँग मौखिक सहमतिपछि पुनः सञ्चालनमा आएको छ।

शनिबार बिहानदेखि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार सारुमगर घटनास्थल पुगेर आन्दोलनरत पक्षसँग छलफल गरेपछि सडक खुलाइएको हो।

स्थानीयवासीले कालापानी वन प्रकरणमा चार जनामाथि झुटा मुद्दा दर्ता गरिएको भन्दै आन्दोलन गरेका हुन्। यसअघि बसेको सर्वदलीय बैठकले आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो। माग सम्बोधन नभएपछि शनिबारदेखि आन्दोलन सुरु गरिएको थियो।

गत जेठ ११ गते वन कर्मचारी बस्ती खाली गराउने सूचना लिएर पुगेपछि स्थानीयसँग विवाद भएको थियो। त्यसक्रममा डिभिजन वन कार्यालयको सरकारी गाडीमा आगजनीसमेत भएको थियो। घटनापछि स्थानीय प्रशासनसँग भएको सहमतिमा घटनाको जिम्मेवारी सरकारले लिने, घाइतेको उपचार राज्यले गर्ने तथा कसैविरुद्ध मुद्दा नचलाउने उल्लेख गरिएको थियो। तर त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीयवासी पुनः आन्दोलनमा उत्रिएका हुन्।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार आन्दोलनरत पक्षसँग मौखिक सहमति भएपछि अहिले बीपी राजमार्गमा सवारीसाधन सञ्चालन सामान्य बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

तिक्तता अन्त्य गर्न धनुषा पुग्नुभयो गृहमन्त्री गुरुङ, विभिन्न पक्षसँग वार्ता जारी

बिल लिने उपभोक्तालाई ‘लक्की ड्र’ उपहार, आन्तरिक राजस्व विभागले सुरु गर्यो अनलाइन दर्ता प्रणाली

सामाजिक सद्भाव भाँड्न खोजेको आरोपमा पर्साबाट चारजना पक्राउ

हेलिकोप्टरमार्फत गाउँ पुर्याइयो गणेशको शव

डलरको मूल्य : यस्तो छ विदेशी मुद्राको विनिमयदर

१७ खर्बको फिफा, ३८ खर्बको विवाद: इन्फान्टिनोको नेतृत्वमाथि संकट गहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu