ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

बागलुङ । वैदेशिक रोजगारीका लागि साउदी अरब, मलेसिया र भारतका विभिन्न सहरमा वर्षौंसम्म मजदुरी गरेका बागलुङको ढोरपाटनका भूमिराज विक अहिले आफ्नै गाउँमा घोडाचढी व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन्।

ढोरपाटन नगरपालिका–५ का ५१ वर्षीय विकले आर्थिक अभावका कारण २०४९ सालदेखि वैदेशिक रोजगारीको यात्रा सुरु गरेका थिए। उनले साउदी अरबमा ३५ महिना, मलेसियामा तीन वर्ष तथा भारतको दिल्ली र जलन्धरमा करिब आठ वर्षसम्म हेल्पर, मजदुर र भाँडा माझ्ने काम गरे। विदेशमा लामो समय बिताए पनि उल्लेख्य बचत गर्न नसकेपछि उनी स्वदेश फर्किएका थिए।

स्वदेश फर्किएपछि उनले ढोरपाटन क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै घोडाचढी व्यवसाय सुरु गरे। अहिले यही व्यवसायबाट मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। श्रीमती लीलासँग मिलेर किराना पसल सञ्चालन गर्नुका साथै वार्षिक करिब २० मुरी आलु उत्पादन गरेर अतिरिक्त आम्दानीसमेत गरिरहेका छन्।

भूमिराजका अनुसार आफ्नै गाउँमा परिवारसँग बसेर काम गर्न पाउनु विदेशको भन्दा धेरै सन्तोषजनक भएको छ। “विदेशमा वर्षौं दुःख गरियो, तर खासै केही बचेन। अहिले गाउँमै व्यवसाय र खेतीपाती दुवै चलेको छ,” उनले बताए।

ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई घोडामा घुमाउने सेवा दिनु अहिले उनको मुख्य पेशा हो। उपत्यका आसपासदेखि बुकीपाटन, गार्पा, टिकाधारा र निसेलढोरसम्म पुग्ने पर्यटकका लागि घोडा उपलब्ध गराइन्छ। विशेषगरी ४ हजार मिटरभन्दा माथिको बुकीपाटन क्षेत्रमा पैदल यात्रा गर्न कठिन हुने भएकाले घोडाको माग बढ्दै गएको व्यवसायीहरू बताउँछन्।

बुकीपाटनसम्म घोडा चढेर जान प्रतिव्यक्ति चार हजारदेखि साढे चार हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ भने उपत्यका वरपर घुम्न एक हजार रुपैयाँ र निसेलढोरसम्म पुग्न करिब १ हजार ५०० रुपैयाँ लिने गरिएको छ। घोडाचढीसँगै पर्यटकलाई फोटो तथा भिडियो खिच्नसमेत सहयोग गरिन्छ।

ढोरपाटन घोडाचढी व्यवसायी संघका अध्यक्षसमेत रहेका भूमिराजको नेतृत्वमा ५० भन्दा बढी घोडाचढी व्यवसायी संगठित भएर नगरपालिकामा दर्ता भई व्यवसाय सञ्चालन गरिरहेका छन्। उनीहरूले वार्षिक कर तिरेर व्यवसायलाई व्यवस्थित बनाएका छन्।

पहिले ढोरपाटनमा सडक सुविधा नहुँदा दैनिक उपभोग्य सामान ढुवानीदेखि सरकारी कर्मचारीको आवतजावतसम्म घोडा नै मुख्य यातायातको माध्यम थियो। अहिले सडक विस्तारसँगै घोडाको प्रयोग पर्यटक घुमाउने, साहसिक यात्रा र विशेष अवसरमा बढी केन्द्रित भएको छ।

व्यवसायीहरूका अनुसार जनैपूर्णिमा, ढोरबराह मेला तथा वर्षायाममा सडक अवरुद्ध हुँदा घोडा चढ्ने पर्यटक र स्थानीयको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

भूमिराजले घोडा पालनबारे पनि विशेष अनुभव सुनाउँछन्। उनका अनुसार चार वर्ष पुगेपछि घोडालाई नियमित रूपमा यात्रु बोक्न प्रयोग गर्न सकिन्छ र उचित स्याहारसुसार गरे २२ देखि २४ वर्षसम्म काममा लगाउन सकिन्छ। अहिले ढोरपाटन क्षेत्रमा पर्यटक सेवाका लागि करिब ५० वटा घोडा सूचीकृत छन्।

स्थानीयको भनाइमा, घोडाचढी व्यवसायले ढोरपाटनको पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना र गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

कीर्तिमानी यात्रामा हिमपहिरो

ब्रोड पिकको काखमा अस्ताएका कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन् ?

श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री बालेनले भने– निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ

‘ब्रड पिक’ हिमपहिरो : प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu