ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ६ : ५५   बजे

 

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले छानबिनसम्बन्धी सबै काम स्थगित गर्दै हाल सम्पत्ति विवरणका फाइलहरूको अभिलेखीकरण (रेकर्डिङ) र सुरक्षा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ।

आयोगका अनुसार सर्वोच्चबाट अन्तिम निर्णय नआएसम्म सम्पत्ति विवरण संकलन, उजुरी दर्ता तथा छानबिनका सम्पूर्ण प्रक्रिया रोकिएका छन्। हाल आयोगमा रहेका हजारौं फाइल व्यवस्थित रूपमा सुरक्षित राख्ने काम भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत असार २६ गते आयोगको कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पनि असार ३२ गते अर्को अन्तरिम आदेश जारी गर्दै आयोगका गतिविधिमा पुनः रोक लगाएको थियो।

दोस्रो आदेश आयोगले पहिलो अन्तरिम आदेशपछि पनि छानबिन जारी राख्ने आशयको सूचना जारी गरेको भन्दै त्यसको खारेजी माग गर्दै अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइका क्रममा आएको हो।

यससँगै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुरसिंह ठकुरीले पनि आयोगको वैधतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। उक्त रिटमा पनि अन्तरिम आदेश जारी भइसकेको छ।

आयोगका प्रवक्ता गणेश केसीका अनुसार आयोगमा हाल १९ हजारभन्दा बढी सम्पत्ति विवरणका फाइल र एक हजारभन्दा बढी उजुरी रहेका छन्। ती अभिलेखको सुरक्षा सुनिश्चित गर्न अहिले रेकर्डिङ तथा व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रवक्ता केसीका अनुसार सर्वोच्चको आदेशपछि आयोगका पदाधिकारी छानबिनमा नभई अभिलेख संरक्षणको काममा केन्द्रित छन्। सर्वोच्च अदालतबाट अन्तिम निर्णय आएपछि सोहीअनुसार आयोगको आगामी कार्ययोजना तय गरिने उहाँले बताउनुभयो।

सर्वोच्च अदालतको संयुक्त इजलासले आयोगको संवैधानिक वैधतासँग सम्बन्धित विभिन्न कानुनी तथा संवैधानिक प्रश्नको निरूपण आवश्यक रहेको उल्लेख गर्दै मुद्दालाई पूर्ण इजलासमा पठाएको छ। आयोगको अधिकार क्षेत्र, कानुनी आधार तथा कार्यसम्पादन प्रक्रियाबारे पूर्ण इजलासबाट अन्तिम व्याख्या हुने अपेक्षा गरिएको छ।

यसअघि आयोगले असार २९ गते जारी गरेको सूचनामा संविधानले विशेष व्यवस्था गरेका पदाधिकारी, पूर्वन्यायाधीश, संवैधानिक पदाधिकारी तथा नेपाली सेनाका पूर्वअधिकृतबाहेक अन्य व्यक्तिको हकमा छानबिन नरोकिने जनाएको थियो। तर त्यस सूचनामाथि पनि अदालतले रोक लगाएपछि आयोगको सम्पूर्ण छानबिन प्रक्रिया ठप्प भएको छ।

प्रवक्ता केसीका अनुसार अन्तरिम आदेशपछि पनि इमेलमार्फत केही सम्पत्ति विवरण र उजुरी आएका हुनसक्ने भए पनि अदालतको आदेशका कारण ती खोलिएको छैन। हाल कार्यालयमा अभिलेख व्यवस्थापनबाहेक अन्य कुनै छानबिनसम्बन्धी काम नगरिएको उहाँले स्पष्ट पार्नुभयो।

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद समाप्त भएपछि पहिलो चरणमा विवरण बुझाएका व्यक्तिको छानबिन, त्यसपछि विवरण नबुझाउनेको सम्पत्ति स्रोतको अनुसन्धान र अन्तिम चरणमा भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धान गर्ने योजना बनाएको थियो। तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगको सम्पूर्ण छानबिन प्रक्रिया अनिश्चित बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल

दुई दशकपछि मधेस राजनीति फेरि एउटै मोर्चामा, सफल होला कि फेरि दोहोरिन्छ विभाजनको इतिहास ?

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu