ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ८ : ५५   बजे

काठमाडौं । पारिवारिक सम्बन्ध, अंश विवाद र देउरानी–जेठानीबीचको तनावलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा एउटै परिवारभित्र बढ्दै गएको मनमुटाव, मध्यरातमा घर छाडेर हिँड्ने पात्र, आमाको खोजी, सम्पत्ति बाँडफाँडको विवाद तथा चिसिएको सम्बन्धले निम्त्याउने द्वन्द्वलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी देउरानी र जेठानीबीचको टकरावले कथाको मुख्य संघर्षलाई संकेत गरेको छ।

टिजरको अन्त्यतिर अभिनेता आर्यन सिग्देलको प्रवेशले कथाप्रति थप उत्सुकता सिर्जना गरेको छ। उनको भूमिकाबारे विस्तृत खुलाइएको छैन, तर उनको उपस्थितिले कथामा नयाँ मोड आउने संकेत देखिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाललगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले तयार गरेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका छन्। चलचित्रमा सुलभ प्रतीक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।

पारिवारिक सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘झिँगेदाउ–२’ ले पहिलो श्रृंखलाको सफलतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

चलचित्र ‘पच्चीस पच्चीस’मा को छ मुख्य भूमिकामा ?

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

चलचित्र ‘गौँथली’ले कति गर्यो कलेक्सन ?

कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu