ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३०   बजे

टोकियो  । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ । यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिबिच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकी जस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिनुभएको छ ।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो । संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधि उपस्थित थिए । सन् १९४५ मा अमेरिकी बी-२९ बम वर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८:१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीक स्वरूप घण्टी बजाइएको थियो ।

समारोहमा प्रस्तुत शान्ति घोषणामा मेयर मात्सुईले विश्वका केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता प्रदान गर्ने र आणविक हतियारविहीन विश्वको लक्ष्यलाई थप टाढा धकेल्ने बताउनुभयो । उहाँले विगतका पीडादायी अनुभवबाट शिक्षा लिन र शान्ति स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न विश्व नागरिकलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक उक्त स्मृति समारोहमा सहभागिता जनाउँदै संयुक्त राष्ट्रसङ्घको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताउनुभयो । उहाँले जापानले युद्धपछिका तीन गैर–आणविक सिद्धान्त कायम राखेको उल्लेख गर्नुभयो । यद्यपि भविष्यमा ती नीतिको स्वरूपबारे देशभित्र बहस जारी रहेको छ ।

ताकाइची नेतृत्वको सरकारले यस वर्षको अन्त्यतिर नयाँ सुरक्षा तथा रक्षा रणनीति दस्तावेज तयार गर्ने तयारी गरिरहेका बेला जापानका परम्परागत गैर–आणविक सिद्धान्तबारे पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि बढेको छ । विशेष गरी देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने तेस्रो सिद्धान्तबारे समीक्षा हुन सक्ने चर्चा चलिरहेको छ ।

यता, हिरोसिमा र नागासाकीका जीवित बाँचेकाले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधको बहसप्रति चिन्ता व्यक्त गरेका छन् । जापान अमेरिकी आणविक सुरक्षा छातामुनि रहेको र सुरक्षा सुनिश्चितताका लागि वासिङ्टनसँग निरन्तर सहकार्य गरिरहेकाले जापानी सरकारले आणविक हतियार निषेध सम्बन्धी सन्धिमा हस्ताक्षर गर्न वा त्यसका बैठकमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने जीवित पीडितको माग स्वीकार गरेको छैन ।

सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि नागासाकीमा खसालिएको दोस्रो आणविक बमले करिब ७० हजार मानिसको ज्यान लिएको थियो । त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको सङ्ख्या घटेर ९१ हजार १०५ मा पुगेको छ । यो प्रारम्भिक सङ्ख्याको करिब एक चौथाइ मात्र हो । उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ । बाँचेकाले आफ्ना अनुभव र सम्झना समयसँगै हराउँदै जान सक्ने चिन्ता व्यक्त गर्दै आगामी पुस्तासम्म युद्ध र आणविक विनाशको वास्तविकता पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । रासस/एपी

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu