बुटवल । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)का तीन मुख्य सडक पूर्ण रूपमा बन्द भएका छन्। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङे सडक, पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत निस्दी–१ क्षेत्र तथा रुकुम (पूर्व)को भुमे गाउँपालिका–३ स्थित मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो।
प्रहरीले वर्षा निरन्तर भइरहेकाले अन्य सडकखण्डमा पनि पहिरो र अवरोधको जोखिम कायम रहेको जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्