ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३१   बजे

एजेन्सी। फुटबल इतिहासका महान् खेलाडीमध्ये एक लियोनेल मेस्सीले सन् २०२२ को कतार विश्वकप जितेर आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरे। फ्रान्सविरुद्धको रोमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप दिलाएका मेस्सीले त्यससँगै आफूले विश्वकै सर्वकालीन महान् खेलाडीमध्ये एक भएको प्रमाणित गरे। तर विश्वकप जितेपछि अर्को ठूलो प्रश्न थियो—अब उनी कहाँ खेल्ने?

त्यतिबेला साउदी प्रो लिगबाट वार्षिक करिब ४० करोड डलरसम्मको आकर्षक प्रस्ताव आएको चर्चा थियो। तर क्रिस्टियानो रोनाल्डोले रोजेको बाटो नअपनाई मेस्सीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी रोजे। आर्थिक रूपमा केही कम आम्दानी हुने निर्णय भए पनि त्यसले उनको खेल र व्यापारिक भविष्य दुवैलाई नयाँ उचाइमा पुर्‍यायो।

फोर्ब्सका अनुसार मेस्सी अहिले करिब १.१ अर्ब अमेरिकी डलर (झण्डै १ खर्ब ६७ अर्ब रुपैयाँ) बराबरको सम्पत्तिसहित अर्बपति खेलाडी बनेका छन्। सक्रिय खेल जीवनमै अर्बपति बन्ने उनी विश्वका गिनेचुने खेलाडीमध्ये पर्छन्। यो सूचीमा एनबीएका लेब्रोन जेम्स, गल्फका टाइगर वुड्स र फुटबलर क्रिस्टियानो रोनाल्डो पनि छन्।

संघर्षबाट सुरु भएको यात्रा

अर्जेन्टिनाको रोजारियो नजिक सामान्य परिवारमा जन्मिएका मेस्सी बाल्यकालमै ‘ग्रोथ हर्मोन डेफिसियन्सी’ समस्याबाट पीडित थिए। स्थानीय क्लब न्युवेल्स ओल्ड ब्वाइजमा खेल्दै गर्दा उनको असाधारण प्रतिभाले स्पेनको बार्सिलोनाको ध्यान तान्यो। बार्सिलोनाले १३ वर्षको उमेरमै उनलाई अनुबन्ध गर्दै उपचारको सम्पूर्ण खर्च बेहोरेर स्पेन लग्यो।

सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका मेस्सीले त्यसपछि फर्केर हेर्नुपरेन। आठ पटक बालोन डी’ओर, १० ला लिगा, चार यूईएफए च्याम्पियन्स लिग, दुई लिग–१ र विश्वकपसहित उनले फुटबल इतिहासकै सबैभन्दा सफल करियरमध्ये एक निर्माण गरे।

मैदानभित्रको कमाइ

मेस्सीले आफ्नो व्यावसायिक करियरमा कर र एजेन्ट शुल्कबाहेक खेल सम्झौताबाट मात्रै करिब १.२ अर्ब डलर कमाइसकेका छन्। यो फुटबल इतिहासकै दोस्रो ठूलो खेलसम्बन्धी कमाइ मानिन्छ।

इन्टर मियामीसँगको सम्झौताअनुसार उनको ग्यारेन्टी गरिएको वार्षिक पारिश्रमिक करिब २ करोड ८३ लाख डलर छ। तर एप्पल टिभीको ‘एमएलएस सिजन पास’ र एडिडाससँगको राजस्व साझेदारीका कारण वास्तविक आम्दानी अझ बढी हुने अनुमान गरिएको छ। क्लबका मालिक जर्ज मासले समेत मेस्सीलाई वार्षिक ७० देखि ८० मिलियन डलरसम्म भुक्तानी भइरहेको बताएका छन्।

विज्ञापनबाट पनि अर्बौं

मैदानबाहिर मेस्सीको ब्रान्ड मूल्य झनै बलियो छ। एडिडाससँगको आजीवन सम्झौता, मास्टरकार्ड, मिचेलोब अल्ट्रा, लेयजलगायत दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीबाट उनले सयौं मिलियन डलर कमाएका छन्।

फुटबलबाहेक विज्ञापन, लाइसेन्सिङ, स्मरणीय वस्तुको बिक्री र अन्य व्यावसायिक गतिविधिबाट मात्रै उनले ६० करोड डलरभन्दा बढी कमाइसकेका छन्। यससँगै उनको करियरभरको कुल आम्दानी १.८ अर्ब डलर नाघेको छ।

होटलदेखि एआईसम्म फैलिएको व्यापार

मेस्सीको सम्पत्ति फुटबलमै सीमित छैन। उनले स्पेन र एन्डोरामा रहेका विलासी एमआईएम होटल्स चेनमा लगानी गरेका छन्। सन् २०२४ मा सार्वजनिक गरिएको रियल इस्टेट कम्पनी ‘एडिफिसियो रोस्टावर सोसिमी’को बजार मूल्य करिब २८ करोड डलर पुगेको छ।

प्रविधि क्षेत्रमा उनले अमेरिकाको सिलिकन भ्यालीमा ‘प्ले टाइम स्पोर्ट्स-टेक होल्ड’ स्थापना गरेका छन्। यसमार्फत एआई र स्पोर्ट्स टेक्नोलोजीमा केन्द्रित कम्पनीहरू—म्याचडे डटकम, सोरेयर, बलेराटीभी र मोमेन्टो मार्केटजस्ता स्टार्टअपमा उनले लगानी गरेका छन्।

क्लब मालिक पनि

मेस्सी अहिले खेलाडी मात्र होइन, फुटबल क्लबका मालिक पनि हुन्। उनले लुइस सुआरेजसँग मिलेर उरुग्वेमा ‘डेपोर्टिभो एलएसएम’ स्थापना गरेका छन् भने स्पेनको पाँचौं श्रेणीको क्लब ‘यूई कोर्नेला’ पनि खरिद गरिसकेका छन्।

इन्टर मियामीमा ऐतिहासिक प्रभाव

मेस्सी मियामी पुगेपछि क्लबको मूल्य अभूतपूर्व रूपमा बढेको छ। उनी आउनुअघि करिब ६० करोड डलर मूल्यांकन गरिएको इन्टर मियामी अहिले एमएलएसकै सबैभन्दा मूल्यवान क्लब बनेर १.३५ अर्ब डलर पुगेको छ।

अवकाशपछि क्लबको शेयर पाउने व्यवस्था भएकाले यो मूल्यवृद्धिबाट मेस्सी स्वयं पनि प्रत्यक्ष लाभान्वित हुनेछन्।

विलासी जीवनशैली

मेस्सीसँग विश्वकै दुर्लभ र महँगा कारहरूको संग्रह छ। उनको ग्यारेजमा फेरारी ३३५ एस स्पाइडर स्काग्लिएटी, पागानी जोन्डा ट्रिकोलोर, मर्सिडिज-बेन्ज एसएलएस एएमजी, मसेराटी ग्रान टुरिस्मो र क्याडिल्याक एस्केलेडजस्ता सवारी छन्।

उनले करिब १ करोड ५० लाख डलर मूल्यको गल्फस्ट्रिम भी निजी जेट प्रयोग गर्छन्। मियामी, स्पेन र अर्जेन्टिनामा रहेका बहुमूल्य घर, होटल तथा जग्गा-जमिनले उनको सम्पत्तिलाई थप विस्तार गरेको छ।

अझै सन्यासको सोच छैन

विश्वकप जितिसकेपछि पनि मेस्सीले खेलप्रतिको मोह त्यागेका छैनन्। उनले इन्टर मियामीसँग नयाँ सम्झौता गर्दै आफ्नो खेल जीवनलाई निरन्तरता दिएका छन्। उनको भनाइ छ, आफू मैदानमा योगदान दिन नसक्ने अवस्था आएपछि मात्रै बिदा लिनेछन्।

हर्मोनको समस्याले भविष्य नै अन्योल बनेको एक बालक आज फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडी मात्र होइन, खेल, प्रविधि, रियल इस्टेट, होटल, विज्ञापन र लगानीको विश्वव्यापी साम्राज्य निर्माण गर्ने अर्बपति व्यवसायीका रूपमा स्थापित भएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu