ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ६ : ५५   बजे

 

काठमाडौं । जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार नेपाली टोलीमा ८० पुरुष र ५६ महिलाखेलाडी रहेका छन्। प्रतियोगिताका लागि ३२ प्रशिक्षक पनि टोलीमा समावेश हुनेछन्।

नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानोइ स्लालम, क्रिकेट, साइक्लिङ, डान्स स्पोर्ट्स, गल्फ, जुडो, कबड्डी, कराते, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, महिला भलिबल, कुस्ती र उसुलगायत २२ खेलमा प्रतिस्पर्धा गर्नेछ।

खेलगत सहभागिताअनुसार आर्चरीमा एक–एक पुरुष र महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा दुई–दुई पुरुष तथा महिला, बक्सिङमा चार पुरुष र तीन महिला तथा क्यानोइ स्लालममा दुई पुरुष खेलाडी सहभागी हुनेछन्।

त्यसैगरी पुरुष क्रिकेट टोलीमा १५ खेलाडी, साइक्लिङमा एक–एक पुरुष तथा महिला र डान्स स्पोर्ट्समा एक पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

गल्फमा तीन पुरुष र एक महिला, जुडोमा तीन–तीन पुरुष तथा महिला, कबड्डीमा १२–१२ पुरुष र महिला, करातेमा तीन पुरुष र पाँच महिला तथा स्केटबोर्डमा दुई पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा एक–एक पुरुष तथा महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा तीन–तीन पुरुष तथा महिला, तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराएको थियो। त्यसबेला १२६ पुरुष र १२७ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

हाङझाउ एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो। करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक हात पारेको थियो।

२०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि जापानको आइची–नागोयामा सुरु हुने कार्यक्रम छ। नेपाली टोलीले अघिल्लो संस्करणको उपलब्धिलाई सुधार गर्दै थप पदक जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउने तयारी गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले बाढीपीडितका लागि सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काठमाडौँ महानगरका ६ एम्बुलेन्स तयारीमा, स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu