ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले बाढीपीडितका लागि सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको तिब्बततर्फबाट आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पार्टी सचिवालय बैठकले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै ६ बुँदे निर्णय गरेको हो। रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार पार्टीले तत्कालै रु. ५० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

स्वदेशी तथा विदेशी नागरिकको उद्धार गर्न माग

रास्वपाले विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ। साथै, विस्थापित तथा प्रभावित नागरिकका लागि सुरक्षित बासस्थान, स्वच्छ पिउने पानी, औषधि तथा खाद्यान्नको पर्याप्त व्यवस्था गर्न पनि माग गरेको छ।

पार्टीले राहत तथा सहयोग वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको एकद्वार प्रणालीमार्फत सहयोग परिचालन गर्नुपर्नेमा जोड दिएको छ।

नेता–कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन

रास्वपाले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका आफ्ना सदस्य, नेता तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएको छ।

विपद् व्यवस्थापन तथा राहत कार्यको समन्वयका लागि पूर्व आरएटी संयोजक आशिष थापालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

अफवाह नफैलाउन आग्रह

विपद्को समयमा भ्रामक सूचना र अफवाह फैलिन सक्ने भन्दै रास्वपाले नागरिकलाई आधिकारिक सरकारी निकायबाट जारी सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।

पार्टीले सामाजिक सञ्जालमार्फत तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गर्न तथा नदी तटीय र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यस्तै, बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन तथा प्रभावित क्षेत्रमा सम्भावित महामारी र स्वास्थ्य जोखिम रोक्न विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

दीर्घकालीन पुनःस्थापनाको योजना बनाउन माग

रास्वपाले बाढीका कारण घरबारविहीन भएका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँदै उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस योजना तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ।

विपद्को यस घडीमा पार्टीको सम्पूर्ण ध्यान उद्धार, राहत र विपद् व्यवस्थापनमा केन्द्रित गर्ने निर्णय गर्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

महामन्त्री विपिन आचार्यले प्राकृतिक विपत्तिको कठिन घडीमा उच्च राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय तथा सम्पूर्ण सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu