ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचाररत रसुवाको टिमुरेका ३८ वर्षीय गिरीलाल बुढाथोकी शारीरिक चोटभन्दा गहिरो मानसिक पीडासँग जुधिरहेका छन्। बुधबार बिहान आएको विनाशकारी बाढीले उनका श्रीमती र चार सन्तानलाई बगाएपछि उनी एक्लिएका छन्।

गिरीलालका अनुसार बाढीले उनका १५ र १७ वर्षीया दुई छोरी तथा १० र १२ वर्षीय दुई छोरासहित श्रीमतीलाई बगाएको हो।

पाँच वर्षदेखि परिवारसहित टिमुरेमा बस्दै आएका गिरीलाल फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा गर्दै आएका थिए। बुधबार बिहान करिब ९ बजे खाना खान घर फर्कंदै गर्दा माथिबाट अचानक ठूलो बाढी उर्लिएर आएको उनले बताए।

‘बाढी सिधै घरतिर आयो। म भाग्न खोजेँ, तर उहाँहरू भाग्न पाउनुभएन,’ आँसु झार्दै गिरीलालले भने, ‘बाढीले मेरा छोराछोरी र बुढीलाई बगायो। मेरो सबै सकियो, म एक्लै भएँ।’

बाढीले गिरीलाललाई समेत बगाएको थियो। तर नजिकै रहेको एउटा डण्डी समाउन पाएपछि उनी त्यसको सहारामा माथिल्लो स्थानसम्म पुग्न सफल भए। पछि मेसमा काम गर्ने साथीहरूले हेलिकोप्टर बोलाएपछि उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल ल्याइएको हो।

‘मलाई डण्डी भेटियो, त्यसैको सहारामा माथिसम्म आएँ। साथीहरूले हेलिकोप्टर बोलाए र मलाई यहाँ ल्याए,’ उनले भने, ‘म बाँचेँ, तर मेरा परिवारका सदस्य सबै गए।’

‘बाढी आएको थाहा नपाउँदै सबैलाई बगायो’

टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका गिरीलालले बाढीले टिमुरे क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको बताए।

‘धेरै मानिसले भाग्ने मौका नै पाएनन्। बाढी आएको थाहा नपाउँदै धेरैलाई बगाएर लग्यो,’ उनले भने।

त्रिवि शिक्षण अस्पतालका अनुसार समाचार तयार पार्दासम्म बाढीबाट घाइते भएका तीन महिनाको शिशुसहित १९ जनाको उपचार भइरहेको छ। तीमध्ये ७ जनालाई आइसियुमा राखिएको छ भने अन्य बिरामी आकस्मिक कक्षमा उपचाररत छन्।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार अधिकांश घाइतेको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। बाढीले बगाउँदा चट्टान, संरचना तथा अन्य वस्तुमा ठोक्किँदा पैतालादेखि टाउकोसम्म चोट लागेको अस्पतालले जनाएको छ।

विपद्बाट घाइतेको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्रिवि शिक्षण अस्पतालले आपत्कालीन उपचार व्यवस्थापनलाई प्राथमिकता दिँदै आकस्मिक सेवा विस्तार गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pakistan Hospital Fire Kills 14 Newborns, Sparking Outrage

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

Meta Reaches $16.68 Billion Settlement Over Youth Addiction Claims

Trump States No Rush for Iran to Resume Negotiations

Israel Raids UNRWA Facility Amidst West Bank Annexation Concerns

Kremlin Confirms CIA Director Met With Russian Intelligence Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu