काठमाडौं । हालैका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाका लागि सरकारले विभिन्न बैंक खाताको विवरण सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। विपद् व्यवस्थापनका लागि सरकारले तोकेका विभिन्न बैंकका १५ वटा खातामार्फत सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ।
यी बैंक खातामा गर्न सकिन्छ सहयोग
हिमालयन बैंक लिमिटेड
- अमेरिकी डलर (USD): ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
- ०१०१३२४३८०१
- ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक
- ११३०१००००३७६२००१
- ११३०१०००००००६००६
एभरेष्ट बैंक
- ००१००१०५२००२७०
- ००१०११०२२०००१२
नेपाल बैंक
- ००२११६००५१००३९०००००३
- ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक
- ००४०१०१०१००००००५७
- ००४११०१००००००००५
नबिल बैंक
- १७१००१७५०५२८५
कृषि विकास बैंक
- ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोषका लागि छुट्टै खाता
प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंकमा निम्न खाता उपलब्ध गराइएको छ—
- १४३०१००००००२५००६
- १४३०१०००११६४०००१
अर्थ मन्त्रालयले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न इच्छुक सबै व्यक्ति, निजी क्षेत्र तथा संघसंस्थालाई कोषमा योगदान गर्न आग्रह गरेको छ।
यद्यपि, रकम जम्मा गर्नुअघि सम्बन्धित बैंक वा आधिकारिक सरकारी स्रोतबाट खाता नम्बर पुनः पुष्टि गर्न अर्थ मन्त्रालयले विशेष अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्