ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसले तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोसी क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बिहीबार आयोजना हुने महिला उद्यमशीलता सम्मेलन र ग्रीन टेबल शृंखलाको १८औँ कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विपद्को वर्तमान अवस्थालाई ध्यानमा राख्दै दुवै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सभापति गगनकुमार थापाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पार्टीका नेता–कार्यकर्ता र भ्रातृ संस्थाहरूलाई सक्रिय हुन आग्रह गरेका छन् ।

“विपत्मा परेका मानिसहरूलाई तत्काल मद्दत पुर्‍याउनुपर्छ । मानवीयताभन्दा ठूलो कुरा केही छैन,” थापाले भने ।

मोहन आचार्यको संयोजनमा राहत परिचालन

सभापति थापाले प्रभावित क्षेत्रका कांग्रेस सांसद मोहन आचार्यसँग समन्वय भइरहेको जानकारी दिए ।

उनका अनुसार मोहन आचार्यको संयोजनमा आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी राहत वितरण गरिनेछ । कांग्रेसका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई समेत प्रभावित क्षेत्रमा सहयोगका लागि परिचालन गरिने थापाले बताए ।

कांग्रेसले विपद्को समयमा राजनीतिक तथा अन्य कार्यक्रमभन्दा मानवीय उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

सम्बन्धित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu