ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा नहेरी जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले रसुवामा देखिएको विनाश अत्यन्त पीडादायी भएको बताइन् । प्रारम्भिक अवस्थाका आधारमा बाढी हिमताल विस्फोट (GLOF) का कारण आएको हुन सक्ने आशंका गर्दै उनले यसको वास्तविक कारण वैज्ञानिक रूपमा पहिचान गर्नुपर्नेमा जोड दिइन् ।

उनले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसको असर भने नेपालले ठूलो मानवीय तथा भौतिक क्षतिका रूपमा व्यहोर्नुपरेको बताइन् ।

पूर्वसूचना र हिमतालको अनुगमनमा जोड

ओलीले विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई पूर्वसूचना प्रणाली सुदृढीकरण, जोखिमयुक्त हिमतालको नियमित अनुगमन तथा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

जोखिममा रहेका बस्तीको पूर्वतयारी तथा आवश्यक पर्दा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने ठोस व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउन आग्रह

नेपाल जलवायु संकटको सिर्जनाकर्ताभन्दा यसको अग्रपंक्तिमा रहेको प्रभावित राष्ट्र भएको उल्लेख गर्दै ओलीले सरकारले प्रभावकारी जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको मुद्दा बलियो रूपमा उठाउनुपर्ने बताइन् ।

उनले जलवायु वित्त, अनुकूलन सहयोग तथा अत्याधुनिक पूर्वसूचना प्रविधिका लागि अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन् ।

राहतमा विगतको कमजोरी नदोहोर्‍याउन चेतावनी

ओलीले विगतको जाजरकोट भूकम्पका क्रममा राहत वितरणमा देखिएको कमजोरी स्मरण गर्दै रसुवाका बाढीपीडितले त्यस्तै समस्या भोग्न नपरोस् भनी सरकारलाई सचेत गराइन् ।

उनले विपद्को कठिन घडीमा सदनदेखि समाजका सबै वर्गलाई प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा एकजुट हुनसमेत अपिल गरिन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : २३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, दुई जना भेन्टिलेटरमा

भोटेकोसी बाढी : २३ घाइते काठमाडौं ल्याइए, दुई जनाको अवस्था गम्भीर

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu