ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ३५   बजे

सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित ८८ जनालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढीका कारण जोखिममा परेका तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा लैजान नेपाल प्रहरीको हेलिकप्टर परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढीले सिन्धुपाल्चोकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि नदी आसपासका बस्तीका नागरिक विस्थापित भएका छन् । उद्धार गरिएकामध्ये महिला, बालबालिका तथा वृद्धवृद्धा पनि रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्राप्त अनुरोधका आधारमा तत्काल हेलिकप्टर परिचालन गरिएको प्रहरी प्रवक्ताले बताएका छन् । प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राखेर थप प्रहरी टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।

सडक, विद्युत् र सञ्चारमा असर

बाढीले जिल्लाका केही घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको तथा धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । सडकखण्डसमेत अवरुद्ध भएपछि उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ ।

बाढीका कारण कतिपय क्षेत्रमा खानेपानी, विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

उद्धार तथा राहत कार्य जारी

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ । जिल्ला प्रशासन तथा स्थानीय तहको समन्वयमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन भइरहेको जनाइएको छ ।

नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले भोटेकोसी आसपासका बस्तीमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu