ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढी रसुवास्थित भोटेकोसी नदीमा मिसिएपछि रसुवासँगै नुवाकोट र धादिङलगायत तल्लो तटीय क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। बाढीको प्रभाव जलविद्युत् आयोजनाहरूमा समेत परेको छ।

प्रारम्भिक विवरणअनुसार दुई जलविद्युत् आयोजनामा कार्यरत ७८ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। केही आयोजनाका कर्मचारी तथा विदेशी नागरिक सुरक्षित स्थानमा रहे पनि उद्धारको प्रतीक्षामा रहेको जनाइएको छ।

अपर त्रिशूली–१ मा १८ जना सम्पर्कविहीन

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा ८ जना कोरियन नागरिक र १० जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

त्यस्तै, आयोजनास्थलमा रहेका करिब २०० जना कामदार र १० जना कोरियन नागरिक विद्युत् गृह नजिक उद्धारको प्रतीक्षामा रहेका छन्। बाढीका कारण सडक तथा अन्य सम्पर्क मार्ग प्रभावित भएपछि उनीहरूको उद्धार चुनौतीपूर्ण बनेको बताइएको छ।

लाङटाङ खोला जलविद्युत्मा ६० जना सम्पर्कविहीन

त्यसैगरी, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि ठूलो संख्यामा कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।

परीक्षण उत्पादनको चरणमा रहेको उक्त आयोजनामा कार्यरत २५ जना कर्मचारी र ३५ जना कामदार गरी ६० जना सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

भोटेकोसी र त्यससँग जोडिएका नदी प्रणालीमा आएको अस्वाभाविक बाढीले जलविद्युत् आयोजना, पहुँच सडक, पुल तथा प्रसारण संरचनामा समेत क्षति पुर्‍याएको छ। प्रभावित आयोजना क्षेत्रमा रहेका कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू परिचालित रहेका छन्।

बाढीबाट जलविद्युत् क्षेत्रमा भएको वास्तविक भौतिक तथा आर्थिक क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu