ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काठमाडौँ महानगरका ६ एम्बुलेन्स तयारीमा, स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौँ । भोटेकोशी नदीमा आएको ठूलो बाढीबाट भएको जनधनको क्षतिप्रति राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक समन्वय र स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले प्रतिकार्य सञ्चालन, समन्वय तथा सहजीकरणको जिम्मेवारी समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई दिएको छ।

बैठकले महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने निर्णयसमेत गरेको छ। घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने महानगरले जनाएको छ।

६ एम्बुलेन्स तयारीमा

महानगरपालिकाले बाढी प्रभावित क्षेत्रका लागि चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइसकेको जनाएको छ। थप दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।

यस्तै, आपत्कालीन सञ्चालन केन्द्रमा उपलब्ध विपद् व्यवस्थापन सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ। उपलब्ध सामग्री तथा औषधि अपुग भए विपद् व्यवस्थापन कोषबाट खरिद गरी तत्काल उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu